पाकिस्तान र बंगलादेशबीचको खेल रद्द

काठमाडौं । वर्षाका कारण पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल रद्द भएको छ।

समूह चरणको आफ्नो अन्तिम खेल भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो। खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन्।

सान्त्वना जितको खोजीमा रहेका दुवै टोलीले समान १ अंकका साथ प्रतियोगिता अन्त्य गरे। यस समूहबाट भारत र न्युजिल्यान्डले सेमिफाइनलमा स्थान बनाइसकेका छन्। आइतवार हुने भारत र न्युजिल्यान्डबीचको खेल पछि यस समूहको विजेता र उपविजेताको टुंगो लाग्नेछ।

समूह बी बाट सेमिफाइनल पुग्ने टोलीको टुंगो शुक्रवारको खेल पछि लाग्नेछ। शुक्रवार अफगानिस्तान र अस्ट्रेलियाबीच खेल हुनेछ। यस खेलमा विजयी हुने टोली सेमिफाइनलमा पुग्दा पराजित टोली भने प्रतियोगिताबाट बाहिरिने छ।





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]