च्याम्पियन्स ट्रफी : उपाधिका लागि भारत र न्युजिल्यान्ड भिड्दै

२०८१ फाल्गुन २५, आईतवार ०८:३४

काठमाडौं । आइसिसी च्याम्पियन्स ट्रफीको आज (आइतबार) उपाधिका लागि भारत र न्युजिल्यान्ड प्रतिस्पर्धा गर्दैछन्।

भारत र न्युजिल्यान्डको फाइनल खेल आइतबार दिउँसो नेपाली समयअनुसार २ः४५ बजे यूएईको दुवई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ।

प्रतियोगिताको सेमिफाइनलमा भारतले अस्ट्रेलियालाई तथा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई हराएर फाइनल भेट पक्का गरेका हुन्।

पहिलो सेमिफाइनलमा भारतले अस्ट्रेलियालाई चार विकेटले हराउँदै फाइनल यात्रा तय गरेको हो।

त्यसैगरी दोस्रो सेमिफाइनलमा न्युजिल्यान्डले अफ्रिकालाई ५० रनले हराउँदै फाइनल पुगेको थियो।

न्युजिल्यान्ड उपाधि उचाल्दै इतिहास रच्न गर्न चाहन्छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy