यसरी सिधा बिश्वकप छनौट हुनसक्छ श्रीलंका

  • विकेटनेपाल, ३ भदौ 

श्रीलंका र भारत बीच ५ एकदिवसीय शृंखला आइतबार देखि सुरु हुँदैछ l

टेस्ट शृंखलामा ३-० ले लज्जास्पद हार बेहोरेको श्रीलंकालाई एकातिर हारको पिंडा छ भने अर्कोतर्फ एकदिवसीय सिरिजमा चाहेको जस्तो नतिजा नल्याए २०१९ को आईसीसी बिश्वकप सिधा छनौट हुन नपाउने चिन्ता रहेको छ l

१९९६ को बिश्वकप बिजेता श्रीलंकाले यदी २०१९ बिश्वकपमा सिधा प्रवेश पाउने हो भने यो शृंखलामा भारतलाई कम्तिमा पनि २ वटा एकदिवसीयमा पराजित गर्नु पर्नेछ l

२०१९ को बिश्वकपमा मात्र १० टिम सहभागी हुनेछन् त्यसैले वरियतामा श्रीलंका र वेस्ट इन्डिज बीच सिधा छनौट हुन प्रतिस्पर्धा भएको हो l

आयोजकको हिसाबले इंग्ल्यान्ड बिश्वकप खेल्न सिधा छनौट हुनेछ भने इंग्ल्याण्ड बाहेक आईसीसीको एकदिवसीय वरियतामा उत्कृस्ट ७ भित्र पर्ने टिम सिधा छनौट हुन पाउनेछ l

यदी अन्तिम ७ भित्र पर्न नसके वरियतामा अन्तिम ४ स्थान ( ९ देखि १२ ) को टिमले, नेपाल लगायत टिम सहभागी आईसीसी बिश्व क्रिकेट लिग च्याम्पीयनसिपको उत्कृस्ट ४ हुने टिमसंग अर्को छनौट प्रतियोगिता खेल्नु पर्नेछ l उक्त छनौट प्रतियोगिताबाट मात्र २ वटा टिम इंग्ल्याण्ड बिश्वकप खेल्न छनौट हुनेछ l

आयोजक इंग्ल्यान्ड बिश्वकपमा सिधा छनौट हुनेछ भने इंग्ल्याण्ड बाहेक आईसीसीको एकदिवसीय वरियतामा उत्कृस्ट ७ भित्र पर्ने टिम सिधा छनौट हुन पाउनेछ l

 

श्रीलंका एकदिवसीय वरियतामा ८८ अंक सहित आठौं स्थानमा रहेको छ भने वेस्ट इन्डिज ७८ अंक सहित नवौ स्थानमा रहेको छ l

यदी भारतसंग २ वटा खेल मात्रै जित्ने हो भने श्रीलंकाको ९० अंक हुनेछ l उता वेस्ट इन्डिजले आयरल्याण्डसंग १३ सेप्टेम्बरमा हुने एकमात्र एकदिवसीय तथा इंग्ल्याण्डसंग १९-२९ सेप्टेम्बरसम्म खेल्ने ५ वटा एकदिवसीय सिरिज ५-० ले जितेको खण्डमा ८८ अंक हुनेछ l

यदी भारतले श्रीलंकालाई ४-१ ले सिरिजमा पराजित गरेको खण्डमा र वेस्ट इन्डिजले खेल्ने ६ वटै खेल जित्न सकेमा वेस्ट इन्डिज झिनो अन्तरले छनौट हुनेछ l

यदी वेस्टइन्डिजले आयरल्याण्डसंग पराजय बेहोरेको खण्डमा भने श्रीलंकासंगको रेसबाट बाहिरिने पक्का हुनेछ l वेस्ट इन्डिज आयरल्याण्डसंग पराजित भए श्रीलंकाले भारतसंगको सिरिज ५-० ले हारे पनि झिनो अन्तरले श्रीलंका बिश्वकपमा सिधा छनौट हुनेछ l

भारत-श्रीलंका सिरिज परिदृश्य 

भारत ५-० ले जितेको खण्डमा – भारत ११७ अंक ; श्रीलंका ८६ अंक
भारत ४-१ ले जितेको खण्डमा – भारत ११५ अंक ; श्रीलंका ८८ अंक
भारत ३-२ ले जितेको खण्डमा – भारत ११३ अंक ; श्रीलंका ९० अंक
श्रीलंका ३-२ ले जितेको खण्डमा – भारत १११ अंक ; श्रीलंका ९१ अंक
श्रीलंका ४-१ ले जितेको खण्डमा – भारत १०९ अंक ; श्रीलंका ९३ अंक
श्रीलंका ५-० ले जितेको खण्डमा – भारत १०६ अंक ; श्रीलंका ९४ अंक

यस्तो छ एकदिवसीय वरियता 

१. दक्षिण अफ्रीका ११९
२. अस्ट्रेलिया ११७
३. भारत ११४
४. इंग्ल्याण्ड ११३
५. न्युजिल्याण्ड १११
६. पाकिस्तान ९५
७. बंगलादेश ९४
८. श्रीलंका ८८
९. वेस्ट इन्डिज ७८
१०. अफगानिस्तान ५४
११. जिम्बाबे ५२
१२. आयरल्याण्ड ४१

 





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]