चण्डीमाल र म्याथुजको शतकपछि भारतको कमब्याक

  • विकेटनेपाल, १८ मङ्सिर  – सोमबार

भारत पहिलो पारि: ५३६/७ पारि घोषणा (कोहली २४३, बिजय १५५, शंदाकान ४/१६७)
श्रीलंका पहिलो पारि: ३५६/९ ( चण्डीमाल १४७*, म्याथुज १११, आश्विन ३/९० ) तेश्रो दिनको समाप्तिमा श्रीलंका १८० रनले पछि

कप्तान दिनेश चण्डीमाल र एन्जेलो म्याथुजले शतकीय इनिंग खेलेपछि टेस्टको तेश्रो दिनको खेल सकिंदा श्रीलंका भारतको पहिलो इनिंगको स्कोर भन्दा १८० रनले पछि रहेको छ।

दिल्लीको फिरोजशाह कोटला मैदानमा जारि तेश्रो टेस्टमा भारतले पहिलो इनिंगमा ५३६/७ को स्थितिमा इनिंग सम्पति घोषणा गरेको थियो। त्यसपछि ब्याटिंग गर्न आएको श्रीलंका दोश्रो दिनको समाप्तिमा १३१/३ को स्थितिमा थियो।

दोश्रो दिन समाप्तिमा ५७ रनमा अविजित रहेका म्याथुजले तेश्रो दिन आठौं टेस्ट शतक पुरा गरे। १११ रनको स्कोरमा आश्विनको बलमा विकेटकिपर रिद्दिमान शाहको हातमा क्याच समातिनु अघि उनले २६८ बलमा २ छक्का र १४ चौका प्रहार गरे।

म्याथुज र चण्डीमालले चौथो विकेटको लागि १८१ रनको साझेदारी गरेका थिए।

करियरको १० औं शतक बनाउने क्रममा उनि दिनको समाप्तिमा १४७ रनमा अविजित छन् जुन क्रममा उनले १८ चौका र १ छक्का प्रहार गरिसकेका छन्।

म्याथुज-चण्डीमाल साझेदारी पछि भने श्रीलंकाले एउटा किनारमा लगातार जसो विकेट गुमाइरह्यो। सदिरा समराबिक्रमाले ३३ रन बनाएर आउट भएपछि श्रीलंकन तल्लोक्रम क्रिजमा जम्न सकेन। फलस्वरुप कुनैबेला २५६/४ को स्थतिमा रहेको श्रीलंकाले दिनको समाप्तिमा ३५६ रनमा ९ विकेट गुमाईसकेको छ।

भारतको लागि रबिचन्द्रन आश्विनले ३ विकेट हात पारिसकेका छन्। यस्तै मोहम्मद शामी, इशान्त शर्मा र रबिन्द्र जडेजाले समान २/२  विकेट आफ्नो नाम गरेका छन्।

यस अघि टस जितेर ब्याटिंग गरेको भारतको लागि पहिलो इनिंगमा कप्तान बिराट कोहलीले दोहोरो शतक  ( २४३ रन ) तथा मुरली विजयले शतकीय ( १५५ रन ) योगदान दिएका थिए।

दुई देश बीच पहिलो टेस्ट बराबरीमा टुंगिएको थियो भने दोश्रो टेस्ट भारतले जितेको थियो।

( फोटोहरु – बिसीसीआई )

 





थप समाचार

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]

अध्यक्ष गुरुङविरुद्धको अविश्वासको प्रस्ताव पारित

काठमाडौं । लुम्बिनी क्रिकेट प्रदेश संघका अध्यक्ष सञ्जय गुरुङ विरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ। कपिलबस्तुकाे ताैलिहवामा शनिबार सम्पन्न प्रदेश […]