‘५३ बल, ५३ डट’ पुजाराको अनौठो रेकर्ड

  • विकेटनेपाल, माघ ११ – बिहिबार

भारत र दक्षिण अफ्रिकाबीच बुधबारदेखि सुरु भएको तेस्रो टेस्ट क्रिकेटमा ब्याटिंग गर्ने क्रममा भारतका चेतेश्वर पुजाराले अचम्मको रेकर्ड बनाएका छन्।

टस जितेर पहिले ब्याटिंग गरेको भारतले ७ रनको योगफलमा केएल राहुललाई गुमायो जसपछि चौथों ओभरमा ( ३.२ ओभर ) ब्याटिंग गर्न आएका पुजाराले पहिलो रन बनाउन २१ ओभर लगाएका थिए। ३.२ ओभरमा पहिलो बल सामना गरेका पुजाराले त्यसपछि २१.३ ओभरमा न्गिडीको बलमा १ रन लिएका थिए।

पुजाराले खाता खोल्न लगाएको ५४ बल टेस्ट क्रिकेटमा खाता खोल्न लगाएको भारतको लागि सर्बाधिक दोश्रो धेरै हो भने बिगत १७ बर्ष ( सन् २००१ ) देखि कुनै पनि माथिल्लो क्रमको ब्याट्सम्यानले खाता खोल्न खेलेको यो सबैभन्दा धेरै बल हो।

टेबलमा हेर्नुस खाता खोल्न धेरै बल खेल्ने भारतीय ब्याट्सम्यानहरु

खेलाडी खाता खोल्न खेलेको बल  बिरुद्ध वर्ष
राजेश चौहान ५७ श्रीलंका १९९४
चेतेश्वर पुजारा ५४ दक्षिण अफ्रिका २०१८
सचिन तेन्दुलकर ४५ जिम्बाबे २००२
राहुल द्रविड ४१ अस्ट्रेलिया २००७
इर्फान पठान २९ पाकिस्तान २००५
सुरेश रैना २९ इंग्ल्याण्ड २०११

पुजाराले १ रन बनाएपछि भारतीय ड्रेसिंग रुममा हेरेर मुस्कान दिएका थिए। ४ बल मात्रै बढी लगाएको भए उनि यो रेकर्डमा सबैभन्दा माथिल्लो स्थानमा हुने थिए। पुजाराले खाता खोलेपछि मैदानमा र भारतीय ड्रेसिंग रुममा हाँसो सहितको तालिको गडगडाहट भएको थियो।

खाता खोलेपछि पुजाराको मुस्कान ( फोटो – The Quint )

राजेश चौहानले १९९४ मा श्रीलंकाबिरुद्द खाता खोल्न लगाएको ५७ बलनै अहिलेसम्म भारतका लागि सबैभन्दा धेरै हो। यस्तै सचिन तेन्दुलकरले पनि सन् २००२ मा जिम्बाबे बिरुद्द ४५ बलमा खाता खोलेका थिए।

ब्याटिंग गर्न निकै मुस्किल पिचमा पुजाराले खाता खोल्न ५४ बल खेलेपनि तेस्रो विकेटको लागि विराट कोहलीसँग अर्धशतकीय साझेदारी गरे भने पछी अर्को किनारमा विकेट झरीरहँदा महत्वपूर्ण अर्धशतकीय पारि खेले । उनले ५० रन प्रहार गरे जुन क्रममा उनले १७९ बल खेलेर ८ चौका प्रहार गरे।

जोहानेस्बर्गमा बुधबार सुरु भएको टेस्टमा टस जितेर पहिले ब्याटिंग गरेको भारतले मात्र १८७ रन बनाउने क्रममा सबै विकेट गुमाएको हो। जवाफमा उत्रेको दक्षिण अफ्रिकाले दिनको समाप्तीमा १ विकेट गुमाउदै ६ रन बनाएको छ र भारतभन्दा १८१ रनले पछाडी छ । बिस्तृत पढ्नुहोस्

(Featured Image: @NDTVSports)





थप समाचार

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]