गेलको बिस्फोटक ब्याटिंगमा बिपीएलको उपाधि राइडर्सलाई ( भिडियो सहित )

२०७४ मंसिर २६, मंगलवार १६:२८

  • विकेटनेपाल, मङ्सिर २६ – मंगलबार

क्रिस गेलले अपत्यारिलो ब्याटिंग गरेपछि फाइनलमा डिफेन्डिङ च्याम्पियन ढाका डाईनमाइट्सलाई ५७ रनले पराजित गर्दै रंगपुर राइडर्सले बंगलादेश प्रिमियर लिग पाँचौ सिजनको उपाधि जितको छ।

फाइनल खेलमा टस हारेर ब्याटिंग गरेको रंगपुरले निर्धारित २० ओभरमा १ विकेट मात्रै गुमाई २०६ रन बनाएको थियो। जसको जवाफमा ढाकाले २० ओभरमा १४९ रन मात्रै बनाउन सकेको थियो।

गेलको बिश्वरेकर्ड 

ओपनिंग ब्याटिंग गरेका क्रिस गेलले १८ छक्का र ५ चौका प्रहार गर्दै मात्र ६९ बलमा १४६ रनको बिशाल इनिंग खेलेपछि ढाका डाईनमाइट्सको जित्ने सम्भावनालाई अन्त्य मात्रै गारेनन् टि-२० क्रिकेटमा नयाँ किर्तिमान समेत कायम गरेका छन्।

गेलले २० औं टि-२० शतक पुरा गरे जुन बिश्वकै सबैभन्दा धेरै टि-२० शतक हो। गेलपछि टि-२० मा लुक राईट, माइकल क्लिंगर र ब्रेण्डन म्याकुलमले समान ७ वटा शतक लगाएका छन्। ३ वटै ब्याट्सम्यानको शतक जोड्ने हो भने पनि गेल  भन्दा मात्र १ शतक मात्र बढी हुन्छ।

यस्ती गेलले १४९ रन बनाउने क्रममा प्रहार गरेको १८ वटा कुनै पनि टि-२० मा एउटा ब्याट्सम्यानले प्रहार गरेको सर्बाधिक छक्का हो। गेलले आफैले कायम गरेको १७ वटा छक्काको रेकर्ड तोडेका हुन् जुन उनले सन् २०१३ को इन्डियन प्रिमियर लिग ( आईपीएल ) मा पुने बिरुद्ध १७५ रन बनाउने क्रममा बनाएका थिए।

गेलले बनाएको १४६ रन बंगलादेश प्रिमियर लिग इतिहासकै सर्बाधिक स्कोर हो। लिगमा हालसम्म उनले ५ वटा शतक प्रहार गरिसकेका छन्।

भिडियो हेर्नुस 

https://www.youtube.com/watch?v=3Z21FqNZVFE

शकिबको टिम नजिक पनि पुग्न सकेन 

गेलको विस्फोटक इनिंग पछि २०७ रन लक्ष पछ्याएको स्टार बंगलादेशी क्रिकेट शाकिब अल हसन कप्तानीको टिम ढाका डाईनमाइट्सले दोश्रो इनिंगमा १४९ रन मात्रै बनाउन सकेको थियो। उसको लागि जहुरुल इश्लामले सर्बाधिक ५० रन योगदान दिए भने कप्तान शकिबले बनाएको २६ रन दोश्रो ठुलो योगदान बन्यो। साहिद अफ्रिदीले पनि मात्र ८ रनको योगदान दिन सके भने पोलार्दले ५ तथा सुनिल नारायणले १४ रन योगदान दिएका थिए।रंगपुर बलर सोहाग गाजी, इशुरु उडाना र नज्मुल इस्लामले २/२ विकेट आफ्नो नाम गरे।

सन् २०१२ देखि सुरु भएको बंगलादेश प्रिमियर लिगको उपाधि रंगपुरले जितेको यो पहिलो पटक हो। प्रतियोगिताको २०१२ र २०१३ को सिजन ढाका ग्लाडीएटर्सले जितेको थियो भने २०१५ को उपाधि कोमिला भिक्टोरियन्स र २०१६ को उपाधि ढाका डाईनमाइट्सले जितेको थियो ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy