गेलको बिस्फोटक ब्याटिंगमा बिपीएलको उपाधि राइडर्सलाई ( भिडियो सहित )

  • विकेटनेपाल, मङ्सिर २६ – मंगलबार

क्रिस गेलले अपत्यारिलो ब्याटिंग गरेपछि फाइनलमा डिफेन्डिङ च्याम्पियन ढाका डाईनमाइट्सलाई ५७ रनले पराजित गर्दै रंगपुर राइडर्सले बंगलादेश प्रिमियर लिग पाँचौ सिजनको उपाधि जितको छ।

फाइनल खेलमा टस हारेर ब्याटिंग गरेको रंगपुरले निर्धारित २० ओभरमा १ विकेट मात्रै गुमाई २०६ रन बनाएको थियो। जसको जवाफमा ढाकाले २० ओभरमा १४९ रन मात्रै बनाउन सकेको थियो।

गेलको बिश्वरेकर्ड 

ओपनिंग ब्याटिंग गरेका क्रिस गेलले १८ छक्का र ५ चौका प्रहार गर्दै मात्र ६९ बलमा १४६ रनको बिशाल इनिंग खेलेपछि ढाका डाईनमाइट्सको जित्ने सम्भावनालाई अन्त्य मात्रै गारेनन् टि-२० क्रिकेटमा नयाँ किर्तिमान समेत कायम गरेका छन्।

गेलले २० औं टि-२० शतक पुरा गरे जुन बिश्वकै सबैभन्दा धेरै टि-२० शतक हो। गेलपछि टि-२० मा लुक राईट, माइकल क्लिंगर र ब्रेण्डन म्याकुलमले समान ७ वटा शतक लगाएका छन्। ३ वटै ब्याट्सम्यानको शतक जोड्ने हो भने पनि गेल  भन्दा मात्र १ शतक मात्र बढी हुन्छ।

यस्ती गेलले १४९ रन बनाउने क्रममा प्रहार गरेको १८ वटा कुनै पनि टि-२० मा एउटा ब्याट्सम्यानले प्रहार गरेको सर्बाधिक छक्का हो। गेलले आफैले कायम गरेको १७ वटा छक्काको रेकर्ड तोडेका हुन् जुन उनले सन् २०१३ को इन्डियन प्रिमियर लिग ( आईपीएल ) मा पुने बिरुद्ध १७५ रन बनाउने क्रममा बनाएका थिए।

गेलले बनाएको १४६ रन बंगलादेश प्रिमियर लिग इतिहासकै सर्बाधिक स्कोर हो। लिगमा हालसम्म उनले ५ वटा शतक प्रहार गरिसकेका छन्।

भिडियो हेर्नुस 

शकिबको टिम नजिक पनि पुग्न सकेन 

गेलको विस्फोटक इनिंग पछि २०७ रन लक्ष पछ्याएको स्टार बंगलादेशी क्रिकेट शाकिब अल हसन कप्तानीको टिम ढाका डाईनमाइट्सले दोश्रो इनिंगमा १४९ रन मात्रै बनाउन सकेको थियो। उसको लागि जहुरुल इश्लामले सर्बाधिक ५० रन योगदान दिए भने कप्तान शकिबले बनाएको २६ रन दोश्रो ठुलो योगदान बन्यो। साहिद अफ्रिदीले पनि मात्र ८ रनको योगदान दिन सके भने पोलार्दले ५ तथा सुनिल नारायणले १४ रन योगदान दिएका थिए।रंगपुर बलर सोहाग गाजी, इशुरु उडाना र नज्मुल इस्लामले २/२ विकेट आफ्नो नाम गरे।

सन् २०१२ देखि सुरु भएको बंगलादेश प्रिमियर लिगको उपाधि रंगपुरले जितेको यो पहिलो पटक हो। प्रतियोगिताको २०१२ र २०१३ को सिजन ढाका ग्लाडीएटर्सले जितेको थियो भने २०१५ को उपाधि कोमिला भिक्टोरियन्स र २०१६ को उपाधि ढाका डाईनमाइट्सले जितेको थियो ।





थप समाचार

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]