क्रिकेट टिमलाई अमेरिकामा सहयोग

अमेरिकामा जारि आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको बुधबार सम्पन्न नेपाल र ओमान बीचको खेलपछि अमेरिकामा रहेका बिभिन्न नेपाली संघसंस्थाहरुले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई सहयोग हस्तान्तरण गरेका छन्।

सहयोग हस्तान्तरण कार्यक्रममा कप्तान सन्दिप लामिछाने, प्रशिक्षक पुबुदु दासानायेके , क्यानका क्रिकेट म्यानेजर विनोद दास सहित नेपाली टिम उपस्थित थियो। अमेरिकाको ह्युस्टनमा रहेका संघ संस्थाहरु नेप्लिज एसोसिएसन अफ ह्युस्टन, गुल्मी समाज ह्युस्टन, सीएनएस, अन्तर्राष्ट्रिय साहित्यिक समाज ह्युस्टन, एनआरएएन टेक्सस च्याप्टर, नेप्लिज हेरिटेज युनियनले टिमलाई सहयोग वापत ५ हजार डलर हस्तान्तरण गरेका हुन्।

सोमबार नेपाली टिमलाई भेटघाट र शुभकामना प्रदान गर्ने कार्यक्रममा संकलित तथा बिभिन्न संघ संस्थाहरुले गएको रकम एकमुस्ट राष्ट्रिय टिमलाई प्रदान गरिएको हो।

कार्यक्रममा एनएएचका अध्यक्ष डा. विष्णु नेपाल सहित गुल्मी समाज ह्युस्टनका अध्यक्ष लक्ष्मण भण्डारी, नेप्लिज हेरिटेज युनियनका अध्यक्ष कर्ण बोगटीको उपस्थिति थियो।

कार्यक्रममा बोल्दै क्यानका क्रिकेट म्यानेजर दासले सहयोग रकमलाई नेपालमा आगामी सेप्टेम्बरमा सुरु हुने दुई दिवसीय क्रिकेट सुरुवात गर्न प्रयोग गर्ने बताए।

नेपाली क्रिकेट टिमले विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत आज अमेरिकासंग अन्तिम खेल खेल्दैछ। खेलको दौरान ह्युस्टनमा उल्लेख्य संख्यामा नियमित नेपाली दर्शकहरुको उपस्थिति रहेको छ।





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]