घरेलु टोलीमाथि नेपालको जित

काठमाडौं । वुमन्स डे टी–२० कपअन्तर्गत नेपालले घरेलु टोली युगान्डमाथि रोचक जित निकालेको छ।

आइतबार युगान्डाले दिएको ७६ रनको लक्ष्य नेपालले ९ विकेटको क्षतिमा १९.५ ओभरमा पूरा गर्‍यो।

नेपालको जितमा डेब्यू खेलाडी सना प्रवीनले १७ रन र पूजा महतोले १६ रन जोड्दा नेपालका अरु ब्याटर सस्तैमा आउट भए।

अन्तिम ओभरमा ६ रन चाहिदा नेपालका लागि रिया शर्माले चार रन र इश्चरी विष्टले दुई रन जोडेका थिए।

यता, बलिङतर्फ युगान्डाका लागि एमबाबजीले ३ विकेट लिइन्।

टस हरेर पहिले ब्याटिङ गरेको युगान्डाले २० ओभरमा ७ विकेट गुमाएर ७५ रन जोड्यो।

युगान्डका लागि ओपनिङ ब्याटर नकिसूयीले २२ रन जोड्दा नाम्पिनाले १४ रन बनाइन्। बलिङमा नेपालकी पूजा महतोले ३ विकेट लिइन्। उनले ४ ओभरमा १४ रन जोड्दा १ मेडन राखिन्।

इन्दू बर्माले दुइै विकेट हात पार्न सफल भइन्। यसअघि पहिलो खेलमा नामिबियासँग पराजय ब्यहोरेको नेपालले दुई खेलमा पहिलो जित हासिल गरेको हो। नेपालले दुई खेलमा दुई अंक जोडेको ५।

शनिबार भएको खेलमा नेपाललाई नामिबियाले ६ विकेटले पराजित गरेको थियो। अब नेपालले तेस्रो खेलमा सोमबार हङकङसँग खेल्ने छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy