काठमाडौं। वुमेन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेटअन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा नामिबियाविरुद्ध टस जितेको छ।
युगान्डाको एन्टेब्बे क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेकी हुन्। योसँगै नेपालले पहिला ब्याटिङ गर्ने भएको छ।
सिरिजमा सबै टोलीले एकअर्कासँग सामान दुईरदुई खेल खेल्नेछन्। नेपालले यही फागुन २५ गते युगान्डासँग खेल्नेछ भने फागुन २६ गते हङकङसँग खेल्ने छ। त्यसैगरी फागुन २८ गते नामिबियासँग, २९ गते युगान्डासँग र ३० गते हङकङसँग खेल्नेछ। लिग चरणको खेलमा शीर्ष दुई स्थानमा रहने टोलीले प्रतियोगिताको फाइनल खेल्नेछन्। फाइनल खेल चैत ३ गते हुनेछ।
नेपाली टोलीमा कप्तान इन्दु बर्मासहित रुबिना क्षेत्री, पूजा महतो, अलिशाकुमारी यादव, साना प्रवीन, रोमा थापा, विन्दु रावल, सम्झना खड्का, ममता चौधरी, कविता जोशी, रिया शर्मा, राजमती ऐरी, रचना चौधरी र ईश्वरी विष्ट छन्।