घरेलु टोली युगान्डाको सामान गर्दै नेपाल

काठमाडौं । वुवुमेन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको दोस्रो खेलमा आइतबार नेपालले घरेलु टोली युगान्डाको सामना गर्दैछ।

खेल एन्टेब्बे क्रिकेट ओभलमा नेपाली समय अनुसार खेल दिउँसो १२ः४५ बजे सुरु हुनेछ।

नेपाल पहिलो जितको खोजिमा छ। पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको थियो।

यता युगान्डा लगातार दोस्रो जितको लक्ष्यमा छ। युगान्डाले पहिलो खेलमा हङकङलाई पराजित गरेको थियो।

नेपालले हालसम्म युगान्डासँग हालसम्म पाँच खेल खेलेको छ। सन् २०२२ मा कीर्तिपुरमै भएको पाँच खेलको उक्त शृंखला युगान्डाले ३-२ ले जितेको थियो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy