नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

२०८२ बैशाख ११, बिहीबार १८:३४

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ।

जुनमा ग्लास्गोको क्लाइडसडेल क्रिकेट क्लबमा हुने सिरिजमा घरेलु टोली स्कटल्यान्डसहित नेपाल र नेदरल्यान्ड्स सहभागी हुनेछ।

क्रिकेट स्कटल्यान्डले उक्त सिरिजको तालिका बिहीबार सार्वजनिक गरेको हो। यस सिरिज जुन १५ देखि २० सम्म सञ्चालन हुनेछ। नेपाल र नेदरल्यान्डबीचको पहिलो खेल भने जुन १६ मा हुनेछ।

सिरिजमा एक टोलीले एकअर्कासँग दुईपल्ट खेल्नेछन्। नेपालले जुन १७ मा स्कटल्यान्ड, १८ मा नेदरल्यान्ड्स र २० मा स्कटल्यान्डसँग पुनस् खेल्नेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy