काठमाडौं। कप्तन विपिनप्रसार शर्मा र ब्याटर प्रसिद्ध जैसीको शानदार प्रदर्शनप्रेरित नेपालले एसिसी यु-१६ इस्ट जोन कपमा विजयी सुरुआत गरेको छ।
मलेसियाको वाइएसडी युकेएम ओभलमा आइतबार सम्पन्न खेलमा साविक विजेता नेपालले ६ विकेटको सहज जित दर्ता गरेको हो।
सिंगापुरले प्रस्तु गरेको १३९ रनको लक्ष्य नेपालले ३३.३ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो।
नेपालका लागि प्रशिद्ध जैसीले ९७ बलमा पाँच चौकाको मद्दतले अविजित ५५ रनको योगदान गरे। यसैगरी रौनक श्रीवास्तवले ४० रन बनाए। तेस्रो विकेटका लागि प्रसिद्ध र रौनकले ६३ रनको साझेदारी गरे। सिंगापुरका लागि आकाश तेजाले तीन तथा युभान पाण्डेले एक विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको सिंगापुरले ३६.१ ओभरमा सबै विकेट गुमाउँदै १३८ रनको योगफल तयार पारेको थियो।
नेपालका लागि कप्तान विपिनप्रसाद शर्माले चार, सचिन भट्टले तीन तथा अभय यादव र सुभम खनालले समान एक विकेट लिए।
अब नेपालले मंगलबार जापानको समान गर्नेछ।
