खड्क क्युईन्स बिजयी

राजबिराज। जारी राजबिराज मेयर कप सप्तरी महिला प्राईड लिग टी–२० क्रिकेटमा खडक क्युईन्सले विजयी सुरुआत गरेको छ।

बिहीवार भएको खेलमा खड्कले सुरूगां सरभाईबल्सलाई ५८ रनले पराजित गरेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको क्युईन्सले २० ओभरमा ५ बिकेट गुमाएर १४१ रनको योगफल तयार गरेका थिए।

ममता चौधरीले उत्कृष्ट ब्याटिङ गर्दै ५१ बलमा ८ चौक्काको मदतले ६८ रन बनाएका थिए। यसैगरी अर्का ब्याटर मोनिका साहले ३७ रनको योगदान दिएका थिए।

बलिङतर्फ सुरूगांका दिपा राम २ बिकेट तथा रोजि कडारी, सानू राजबंशी र सरस्वती चौधरीले सामान १ बिकेट लिइन्।

जवाफमा १४२ रनको लक्ष्य पछ्याएको सुरुगां १६ ओभर १ बलमा सबै बिकेट गुमाएर ८३ रन मात्र बनाउन सक्यो।

उसका लागि रोमा थापाले २४ बलमा ३७ रन र साना परविनले १८ रन बनाएका थिए।

बलिङ खड्कका भुमी सिँह र टीका साहले सामान ३ बिकेट तथा ममता चौधरीले २ बिकेट लिइन्।

खेलको प्लेयर अफ दि म्याच ममता चौधरी भएका थिए। प्रतियोगिता अन्तर्गत शुक्रवार राजबिराज रोयल्स र सुरूंगा सरभाइवल्स बिच प्रतिष्पर्धा हुनेछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy