खड्क क्युईन्स बिजयी

राजबिराज। जारी राजबिराज मेयर कप सप्तरी महिला प्राईड लिग टी–२० क्रिकेटमा खडक क्युईन्सले विजयी सुरुआत गरेको छ।

बिहीवार भएको खेलमा खड्कले सुरूगां सरभाईबल्सलाई ५८ रनले पराजित गरेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको क्युईन्सले २० ओभरमा ५ बिकेट गुमाएर १४१ रनको योगफल तयार गरेका थिए।

ममता चौधरीले उत्कृष्ट ब्याटिङ गर्दै ५१ बलमा ८ चौक्काको मदतले ६८ रन बनाएका थिए। यसैगरी अर्का ब्याटर मोनिका साहले ३७ रनको योगदान दिएका थिए।

बलिङतर्फ सुरूगांका दिपा राम २ बिकेट तथा रोजि कडारी, सानू राजबंशी र सरस्वती चौधरीले सामान १ बिकेट लिइन्।

जवाफमा १४२ रनको लक्ष्य पछ्याएको सुरुगां १६ ओभर १ बलमा सबै बिकेट गुमाएर ८३ रन मात्र बनाउन सक्यो।

उसका लागि रोमा थापाले २४ बलमा ३७ रन र साना परविनले १८ रन बनाएका थिए।

बलिङ खड्कका भुमी सिँह र टीका साहले सामान ३ बिकेट तथा ममता चौधरीले २ बिकेट लिइन्।

खेलको प्लेयर अफ दि म्याच ममता चौधरी भएका थिए। प्रतियोगिता अन्तर्गत शुक्रवार राजबिराज रोयल्स र सुरूंगा सरभाइवल्स बिच प्रतिष्पर्धा हुनेछ।





थप समाचार

एसपीए कलेजद्वारा क्रिकेटर द्वय भट्ट र रावललाई आजीवन छात्रवृत्ति र नगदसहित सम्मान

क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा अवस्थित एसपीए कलेजले सुदूरपश्चिमका गौरवशाली युवा क्रिकेटरहरू सचिन भट्ट र सुशील रावललाई आजीवन छात्रवृत्ति र […]

सप्तरी प्राइड लिग-७ : तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी

सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी भएका […]

सप्तरी प्राइड लिग-७, वारियर्स र टाइगर्स विजयी 

२७ अषाढ, राजबिराज । सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा राजगढ वारियर्स र तिरुहुट […]

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]