नेपाल ३७० रनले विजयी

काठमाडौं। ओपनर प्रसिद्ध जैसीको शतक र कप्तान विपिनप्रसाद शर्माको ६ विकेट सहयोगमा साविक विजेताले नेपाल एसिसी मेन्स यु१६ इस्ट जोन कप २०२५ मा सेमिफाइनल प्रवेश गरेको छ।

एक खेल अगावै सेमिफाइनल प्रवेश गर्ने क्रममा नेपालले आइतबार इण्डोनेसियामाथि ३७० रनको विशाल जित हासिल गर्यो। ४२१ रनको विशाल लक्ष्य पछ्याएको इण्डोनेसिया २४.३ ओभरमा ५० रनमा अलआउट भयो।

इण्डोनेसियाका लागि कविन निरज चन्दा ३४ बलमा १५ तथा दिभित नन्दा ३१ बलमा १४ रनमा आउट भए। इण्डोनेसियाका ९ खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

इण्डोनेसियालाई सस्तैमा समेट्न नेपालका लागि कप्तान विपिनप्रसादले ७.३ ओभरमा १२ रन खर्चिएर ६ विकेट लिए। शुभम खनाल र सुगम बुढाथोकीले समान १ विकेट लिए।

त्यसअघि मलेसियामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ४२० रनको विशाल योगफल तयार गरेको थियो।

यो हारसँगै इण्डोनेसिया भने एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको छ।

नेपाल तेस्रो खेलमा अपराजित रहँदै सेमिफाइनल प्रवेश गरेको हो। नेपालले पहिलो खेलमा सिंगापुर र दोस्रो खेलमा जापानलाई हराएको थियो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy