क्रिकेटमा मानब तस्कर छानबिन प्रतिबेदन छिटो सार्बजनिक गर्न माग

क्रिकेटको आडमा मानब तस्करी बारे छानबिन गर्न रास्ट्रिय खेलकुद परिषदले गठन गरेको छानबिन कमिटिको प्रतिबेदन छिटो सार्बजनिक गर्न दबाब दिन नेपाल क्रिकेट समर्थक समाजले राखेप सदस्य सचिब केशब बिस्ट समक्ष आज ज्ञापन पत्र बुझाएको छ l

२ महिना अघि रास्ट्रिय क्रिकेटर सहित जापान क्रिकेट प्रतियोगिता खेल्न भनि गैर खेलाडीहरुलाई टोलिमा मिसाई जापान लुकाउने कर्तुत सार्बजनिक भएपछि राखेप सदस्य शैलेश कर्माचार्यको संयोजकत्वमा ३ सदस्यीय छानबिन कमिटि गठन गरेको थियो l

क्रिकेट टिम संग ९ जना गैर खेलाडी समेत समाबेस गरि जापानमा खेल्न भनि लगिएको थियो जो जापानमै लुकेका थिए l

जापान पुगेको नेपाली टिम
जापान पुगेको नेपाली टिम

समर्थक समाजका अध्यक्ष भानु सिग्देलका अनुसार छानबिन समिति गठन भएपनि प्रतिबेदन सार्बजनिक गर्न ढिलाई हुँदा तस्करहरु कानुनि दायरामा उम्कन सक्ने हुँदा छिटो सार्बजनिक गर्न दबाब स्वरूप समाजले ज्ञापन पत्र बुझाएको हो l

“प्रतिबेदन सार्बजनिक गर्दै दोषी नसमातिदा सम्म नेपाल क्रिकेट समर्थक समाजको यो अभियान जारि रहनेछ” अध्यक्ष सिग्देलले बताए l

राखेप सदस्य सचिब बिस्टले ज्ञापन पत्र बुझ्दै समाजको खबरदारी प्रति सजग रहेको बताउदै खेलकुद मन्त्रालयले गृह हुँदै अनुसन्धान बिभाग मार्फत इन्टरपोलको सहयोग लिएरै भएपनि दोषी कानुनी दायरामा आउने प्रतिबद्धता ब्यक्त गर्नु भएको अध्यक्ष सिग्देलले बताए l

समर्थक समाजले घटना सार्बजनिक भएपछि माइतीघर मण्डलामा दबाब कार्यक्रम समेत गरेको थियो l

 





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]