डेल स्टेनद्वारा टेस्ट क्रिकेटबाट सन्यास घोषणा

महान तिब्र गति बलर डेल स्टेनले टेस्ट क्रिकेटबाट तत्काल लागु हुने गरि सन्यास घोषणा गरेका छन्।

३६ वर्षीय दक्षिण अफ्रिकी दायाँ हाते तिब्र गति बलर स्टेनले ४३९ टेस्ट विकेट लिएका छन् जुन दक्षिण अफ्रीकि बलरले लिएको सर्वाधिक टेस्ट विकेट हो। स्टेनले टेस्ट बाहेक एकदिवसीय र टि-२० अन्तर्राष्ट्रिय भने खेल्नेछन्।

“आज म सबैभन्दा माया गरेको खेलको फर्म्याटबाट टाढा हुँदैछु।” स्टेनले बताए- “मेरो बिचारमा टेस्ट क्रिकेट सबैभन्दा उत्कृस्ट संस्करण हो। यसले तपाईको मानसिक, शारीरिक र भावनात्मक रुपमा परिक्षण गर्छ।”

“यो निकै दुखद कुरा हो कि मैले अब टेस्ट कहिल्यै खेल्ने छैन। अब म एकदिवसीय र टि-२० मा ध्यान केन्द्रित गर्नेछु र आफ्नो करियरलाई सकभर लम्ब्याउने प्रयास गर्नेछु।”

“म क्रिकेटमा संलग्न सबैलाई धन्यवाद दिन चाहन्छु कुनै व्यक्ति विशेसलाई हैन किनकि मेरो यात्रामा सबैजनाको संलग्नता रहेको छ। म आगामी दिनमा पनि प्रोतिजको लागि छोटो फर्म्याटमा खेल्नेछु। धन्यवाद”

स्टेन पछिल्लो समय इन्जुरीसंग जुझीरहेका छन्। पछिल्लो समय टिममा कमब्याक गरेता पनि एकदिवसीय विश्वकपको दौरान पुनः घाइते भएका कारण विश्वकप गुमाउन पुगेका थिए।

स्टेन टेस्ट क्रिकेटमा सबैभन्दा धेरै विकेट लिने बलरको सुचीमा आठौँ स्थानमा रहेका छन्। उनले ९३ खेलको १७१ इनिंगमा बलिंग गर्दै ४३९ विकेट लिए। यस क्रममा २२.९५ को औशत र ४२.३ को स्ट्राइक रेटले बलिंग गरे। उनि भन्दा १ स्थान माथि रहेका इंग्ल्याण्ड बलर स्टुवार्ट ब्रडले १२८ खेलमा ४५० विकेट लिएका छन् जसले स्टेन कति स्तरीय बलर थिए प्रमाणित गर्ने गर्छ।


सन् २००४ मा इंग्ल्याण्ड बिरुद्ध टेस्टमा डेब्यु गरेका स्टेनले अन्तिम टेस्ट यसरी वर्ष फेब्रेवरीमा श्रीलंका बिरुद्ध खेलेका थिए। एकदिवसीयमा स्टेनले १२५ खेलमा १९६ विकेट लिएका छन् भने टि-२० मा ४४ खेलमा ६१ विकेट लिएका छन्।

सन् २००८ मा एकै वर्ष स्टेनले ८६ विकेट लिंदै टेस्ट क्रिकेटर अफ द एअर अवार्ड जितेका थिए।

तिब्र गतिमा स्विंग र रिभर्स स्विंग बलिंग गर्न सक्ने स्टेनको आक्रामक तिब्र गति क्रिकेट जगतले सदैव याद गर्नेछ।





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]