दक्षिण अफ्रिकालाई झट्का ! डेल स्टेन सिरीजबाटै बाहिर

  • विकेटनेपाल, २३ पौष – आइतबार 

भारत र दक्षिण अफ्रीका  बीच जारि टेस्ट सिरिजमा दोश्रो दिन सकिंदा दक्षिण अफ्रीका खेलमा अघि देखिएपनि एउटा खबरले भने अफ्रिकी टिम चिन्तित बनेको छ।

दोश्रो दिन बलिंग गर्दै गर्दा स्टार बलर डेल स्टेन घाइते भएपछि अफ्रिकी टिमलाई ठुलो झट्का लागेको हो। स्टेनको बायाँ खुट्टाको कुर्कुच्चामा चोट लागेको लागेको छ जसकारण उनि खेल्न नसक्ने भएका छन्।

एउटा टेस्ट मात्रै हैन दक्षिण अफ्रिकी टिमले दिएको प्रारम्भिक जानकारी अनुसार स्टेनले टेस्ट सिरिजनै गुमाउने छन्। १८ औं ओभर बलिंग गर्ने क्रममा स्टेनले रनअप लिंदा स्टेनलाई समस्या देखिएको थियो जसको केहि समयपछि पनि चोट निको नभएपछि उनि खुट्टा खोच्याउदै मैदान बाहिरिएका थिए।

उनलाई ठिक हुन कम्तिमा १ महिना देखि डेढ महिना समय लाग्न सक्ने बताईएको छ।

स्टेन करिब २ बर्ष अघि देखि लगातार चोटबाट गुज्रीरहेका छन् र १३ महिना पछि खेलमा फर्किएका थिए।२०१६ को अस्ट्रेलिया टुरमा ढाडको हड्डी भांचिएपछि उनि लामो समय क्रिकेटबाट बाहिरिएका थिए।

जारि टेस्टको पहिलो इनिंगमा भारतको २ विकेट लिने क्रममा शिखर धवन र रिद्दिमान शाहको विकेट लिएका स्टेनले टेस्ट क्रिकेटमा ४१९ विकेट पुरा गरेका थिए। भारतीय स्पिनर हरभजन सिंहको ४१९ विकेटको रेकर्ड पार गर्दै उनि टेस्ट क्रिकेटमा धेरै विकेट लिने बलरको सुचीको शिर्ष १० स्थानमा उक्लिएका थिए।

दक्षिण अफ्रीकाको लागि सबैभन्दा धेरै विकेट लिने बलरको सुचीको दोश्रो स्थानमा रहेका ३४ बर्षिय स्टेन मात्र २ विकेटले पर छन्। उनि भन्दा अघि शन पुलक ४२१ विकेटको साथ छन्। टेस्ट क्रिकेटमा मुथैया मुरलीधरनको ८०० विकेट, शेन वार्नको ७०८ विकेट तथा अनिल कुम्बलेको ६१९ विकेट रहेको छ।

टेस्टमा धेरै विकेट लिने बलरहरु 

मुथैया मुरलीधरन ( श्रीलंका ) – ८०० विकेट
शेन वार्न ( अस्ट्रेलिया ) – ७०८ विकेट
अनिल कुम्बले ( भारत ) – ६१९ विकेट
ग्लेन म्याकग्राथ ( अस्ट्रेलिया ) – ५६३ विकेट
जेम्स एण्डरसन ( इंगल्याण्ड ) – ५२३ विकेट
कर्टनि वाल्स ( वेस्ट इन्डिज ) -५१९ विकेट
कपिल देब ( भारत ) – ४३४ विकेट
रिचर्ड हेड्ली ( न्युजिल्याण्ड ) – ४३१ विकेट
शन पोलक (दक्षिण अफ्रीका ) – ४२१ विकेट
डेल स्टेन ( दक्षिण अफ्रीका ) – ४१९ विकेट
हरभजन सिंह ( भारत ) – ४१७ विकेट
वासिम आक्रम ( पाकिस्तान ) ४१४ विकेट

पुरा लिस्ट हेर्न क्लिक गर्नुस 





थप समाचार

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]