मैत्रीपूर्ण सिरिज बराबरीमा टुंगियो

  • विकेटनेपाल, २१ साउन

डीएभी स्कुल र एपीआई स्कुल बीच आज भएको मैत्रीपूर्ण ३ खेलको सिरिज बराबरीमा टुंगिएको छ l

भ्यागुते प्रोडक्सनको आयोजनामा सम्पन्न सिरिजको पहिलो खेल डीएभी स्कुलले तथा दोश्रो खेल एपीआई स्कुलले जितेको थियो भने तेश्रो खेल भारि वर्षाको कारण रद्द भएपछि दुवै टिमले ट्रफी बाँडेका छन् l

एपीआई स्कुल धापासीमा सम्पन्न सिरिजको पहिलो खेलमा टस जितेर पहिलो ब्याटिंग गरेको डीएभी स्कुलले निर्धारित १२ ओभरको खेलमा ८ विकेट नोक्सानीमा १४८ रनको योगफल तयार पारेको थियो l डीएभीको लागि रीतिका सहाराले सर्बाधिक ४८ रन योगदान दिईन् भने डीएभी बलर रश्मि देबकोटाले ३ विकेट हात पारेकि थिईन् l

प्रतिउत्तरमा ब्याटिंग गरेको एपीआईले निर्धारित १२ ओभरमा २ विकेट गुमाई १३४ रन मात्रै बनाउन सकेको थियो l एपीआईको लागि निकिता यमादाले अविजित ६८ तथा खुसि डंगोलले अविजित ३१ रन योगदान दिईन् l

बिजेता ट्रफीसंग डीएभी र एपीआई स्कुल
बिजेता ट्रफीसंग एपीआई र डीएभी कप्तान

आजै सम्पन्न दोश्रो खेलमा एपीआईले टस जितेर फिल्डिंग रोजेको एपीआईले डीएभीलाई ७६ रनमै अलआउट गर्यो l एपीआई बलर खुसि डंगोलले ३ तथा पलिजा साहले २ विकेट हात पारिन् भने डीएभीको लागि सुदेश्ना सिंहले ३५ रन बनाईन् l

जवाफमा एपीआईले ७७ रनको लक्ष ८.५ ओभरमा ४ विकेट नोक्सानीमा पुरा गरेको थियो l खुसि डंगोलले अविजित १४ तथा आभा पण्डितले अविजित १३ रन बनाउदै टिमलाई सहज जित दिलाएका थिए l

तेश्रो खेल बर्षाको कारण पुरा हुन नपाएपछि दुवै टिमले ट्रफी बाँडे l सिरिजको प्लेयर अफ दि सिरिज खुसि डंगोल ( एपीआई ) घोषित भइन् l दिपक्षीय सिरिज अन्तर्गत आगामी साता डीएभी स्कुलमा दुवै बीच खेल हुने कार्यक्रम रहेको छ l

सिरिजको आयोजक भ्यागुते प्रोडक्सनका उपाध्यक्ष रबिन जोशीले आयोजनाले महिला क्रिकेटरहरुले एक्सपोजर पाएको र दुवै टिममा प्रतिभाशाली खेलाडीहरु देखापरेको जसमा आगामी दिनमा महिला क्रिकेटमा राम्रो गर्ने क्षमता रहेको विकेटनेपाललाई बताए l

 





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]