लिग चरणको अन्तिम खेलमा दिल्लीद्वारा राजस्थान सहजै पराजित

  • विकेटनेपाल, बैशाख २१ , शनिवार 

इन्डियन प्रिमियर लिग अन्तर्गत आफ्नो लिग चरणको अन्तिम खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गरेको छ।

जितसंगै दिल्ली आईपीएल अंकतालिकाको दोश्रो स्थानमा रहेको छ। १४ खेल खेल्दा दिल्लीले ९ खेलमा जित र ५ खेलमा हार बेहोर्दै १८ अंक बटुल्न सफल रह्यो। प्ले-अफ सम्भावना सकिएको राजस्थान अंकतालिकामा छैठौं स्थानमा ११ अंक सहित रहेको छ।

शिर्ष स्थानमा रहेको चेन्नाईको १३ खेलमा ९ जित र ४ हार सहित १८ अंक रहेको छ भने तेश्रो स्थानमा रहेको मुम्बईको १६ अंक रहेको छ। चेन्नाई, दिल्ली र मुम्बईले प्ले-अफ चरणमा स्थान बनाईसकेका छन् भने एक टिमको टुंगो लाग्न बाँकी छ।

अमित मिश्रा चम्किदा राजस्थानको कमजोर ब्याटिंग 

घरेलु मैदान फिरोज शाह कोटला मैदानमा टस जितेर ब्याटिंग गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर ११५ रन मात्रै बनाउन सक्यो।

दिल्लीको लागि लेग स्पिनर अमित मिश्रा ( ४-०-१७-३ ) र इशान्त शर्मा ( ४-०-३८-३ ) ले ३/३ विकेट तथा ट्रेन्ट बोल्ट ( ४-०-२७-२ ) ले २ विकेट लिए। राजस्थानको लागि रियान पराग अर्धशतक बनाउनु बाहेक अन्य ब्याट्सम्यानले ठुलो योगदान दिन सकेनन्।  परागले ४९ बलमा ४ चौका र २ छक्का मदतले ५० रन बनाए।

निर्धारित लक्ष्य दिल्लीले १६.१ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो। रिशभ पन्तले अविजित ५३ रन बनाए पछि दिल्लीको जित सहज बन्यो। पन्तले ३८ बलमा ५ छक्का र २ चौका प्रहार गरे। शिखर धवनले १६, श्रेयस ऐयरले १५ रन बनाए।

राजस्थान बलर इश सोढ़ीले ३ तथा श्रेयस गोपालले २ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच अमित मिश्रा चुनिए। खेलमा दिल्लीले सन्दिप लामिछानेलाई अन्तिम-११ मा समावेस गरेन।





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]