धवनको बिस्फोटमा भारतको बिशाल जित, धवनले तोडे आफ्नै रेकर्ड

  • विकेटनेपाल, ४ भदौ 

शिखर धवनले विस्फोटक ब्याटिंग गर्दै अविजित शतकीय इनिंग खेलेपछि श्रीलंकालाई पहिलो एकदिवसीयमा भारतले ९ विकेटको बिशाल अन्तरले पराजित गरेको छ l

दाम्बुला मैदानमा श्रीलंकाले टस हारेर पहिले ब्याटिंग गर्दै दिएको २१७ रनको लक्ष भारतले १ विकेट मात्रै गुमाई मात्र २८.५ ओभरमै पुरा गरेको हो l जितसंगै ५ एकदिवसीय खेलको सिरिजमा भारतले १-० को अग्रता लिएको छ l

भारतीय ओपनर धवनले मात्र ७१ बलमा वानडे करियरको ११ औं शतक पुरा गरेका थिए l अन्तिम सम्म क्रिज नछोडेका उनले अविजित १३२ रन बनाउने क्रममा मात्र ९० बलमा ३ छक्का र २० चौका प्रहार गर्दै श्रीलंकन बलरको पसिना छुटाएका थिए l

ओपनर रोहित शर्मा व्यक्तिगत ४ रनमा आउट भएपछि धवनले कप्तान बिराट कोहलीसंग दोश्रो विकेटको लागि १९७ रनको साझेदारी गरेका थिए l

कोहलीले अविजित ८२ रन बनाउने क्रममा ७० बलमा १ छक्का र १० चौका प्रहार गरेका थिए l

यसअघि पहिले ब्याटिंग गरेको श्रीलंकाको लागि ओपनर निरोशन डिकवेला र दनुश्का गुनथिलाकाले राम्रो सुरुवात दिलाएका थिए l गुनथिलाका १४ औं ओभरमा पहिलो विकेटको रुपमा युजभेन्द्र चाहलको शिकार हुनु अघि ३५ रन बनाएका थिए l

दोश्रो विकेटको लागि डिकवेलाले कुसल मेन्डिससंग ६५ रनको साझेदारी गरेपछि डिकवेला ६४ रनको स्कोरमा केदार जाधबको बलमा एलबिडब्लु शिकार भएका थिए l ७४ बलमा उनले ८ चौका प्रहार गरे l

मेन्डिस ३६ रन बनाएर अक्षर पटेलको बलमा बोल्ड भएपछि २८ औं ओभरमा १५०/३ को स्थितिमा पुगेको श्रीलंकाले त्यसपछि लगातार विकेट गुमाएको थियो l एन्जेलो म्यथुज ३६ रन बनाएर अविजित रहे भने कप्तान वुपुल थरंगा ( १३ ) , चमरा कपुगेद्रा ( १ ) , वानिन्दु हसरंगा ( २ ) रन बनाएर पेभेलियन फर्किएका थिए l फलस्वरुप ४३.२ ओभरमा श्रीलंकाले सम्पूर्ण विकेट गुमाउन पुग्यो l

भारतीय बलर अक्षर पटेलले सर्बाधिक ३ विकेट ( १०-०-३४-३ ) हात पारे भने केदार जाधब, जस्प्रित बुम्राह र युजभेन्द्र चाहलले समान २/२ विकेट आफ्नो नाम गरेका थिए l

श्रीलंका यस अघि सम्पन्न ३ टेस्ट म्याचको सिरिजमा ३-० ले पराजित भइसकेको छ l

धवनको रेकर्ड शतक , तोडे आफ्नै रेकर्ड 

श्रीलंका बिरुद्ध मात्र ७१ बलमा शतक बनाउदै शिखर धवन श्रीलंकामा सबैभन्दा छिटो शतक प्रहार गर्ने ब्याट्सम्यान बनेका छन् l धवनको व्यक्तिगत रुपमा पनि यो सबैभन्दा छिटो शतक हो l

उनले सन् २०१३ मा वेस्ट इन्डिज बिरुद्ध कानपुरमा ७३ बलमा शतक बनाएका थिए भने २०१३ मै दक्षिण अफ्रीका बिरुद्ध च्याम्पियन्स ट्रफीमा ८० बलमा शतक प्रहार गरेका थिए l

धवन खेलको म्यान अफ द म्याच चुनिए

वानडे करियरको ११ औँ शतक पुरा गर्दा उनले १४० को स्ट्राइक रेटमा १६ चौका र २ छक्का प्रहार गरिसकेका थिए l अविजित १३२ रन बनाउने क्रममा उनले आक्रामक ब्याटिंग प्रदर्शन गरेका थिए l

श्रीलंकासंग अन्तिम पटक भारतले च्याम्पियन्स ट्रफी २०१७ मा खेलेको थियो जुन खेलमा धवनले १२५ रनको इनिंग खेलेका थिए l श्रीलंकासंग यस भन्दा अघिको ५ खेलमा धावनको स्कोर ९४, ११३ , ७९, ९१ र १२५ रहेको छ l

आजको शतक पछि अन्तिम ६ इनिंगमा श्रीलंकासंग धवनको ३ वटा शतक पुगेको छ l धवन यस अघि टेस्ट सिरिजमा पनि म्यान अफ द सिरिज घोषित भएका थिए l

 





थप समाचार

मधेस प्रदेश सरकारले आसिफलाई दुई लाख प्रदान गर्ने

जनकपुरधाम, चैत १० गते । मधेस प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको […]

एपीएफ र सुदूरपश्चिम विजयी

विभागीय टोलीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । […]

‘द हन्ड्रेड’ को ड्राफ्ट आज, सन्दीप र अर्जुन ड्राफ्टमा

काठमाडौँ । इंग्ल्यान्डमा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेटको खेलाडी छनोटको लागि ड्राफ्ट आज हुदैछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व […]

प्रशिक्षक देसाईको तलव बढ्यो

नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट प्रशिक्षकको तलब वृद्धि गरेको छ । आइसीसी विश्वकप लिग-२ मा नेपाली टिमलाई राम्रो नतिजा दिलाएपछि […]

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]