अन्तिम दिन श्रीलंकालाई मुस्किल लक्ष

  • विकेटनेपाल, १९ मङ्सिर – मंगलबार 

भारत पहिलो पारि : ५३६/६ पारि घोषणा ( कोहली २४३, विजय १५५, शंदाकान ४/१६७ )
श्रीलंका पहिलो पारि: ३५६/९ ( चण्डीमाल १६४, म्याथुज १११, आश्विन ३/९० )
भारत दोश्रो पारि : २४६/७ पारि घोषणा ( धवन ६७, कोहली ५०, रोहित ५०, पुजारा ४९ )
श्रीलंका दोश्रो पारि : ३१/३ ( जडेजा ५/२ )  श्रीलंकालाई जितको लागि पाँचौ दिन ३७९ रन आवस्यक

भारत र श्रीलंका बीच दिल्लीमा जारि तेश्रो टेस्टको चौथो दिनको समाप्तिमा भारत जितको सम्भावना प्रबल देखिएको छ।

टेस्टमा भारतले टस जितेर पहिले ब्याटिंग गर्दै ५३६/७ को स्कोरमा इनिंग समाप्तिको घोषणा गरेको थियो जसपछि ब्याटिंग गरेको श्रीलंकाले ३७३ रनमा सम्पूर्ण विकेट गुमाएपछि पहिलो इनिंगमा भारतले १६३ रनको अग्रता लिएको थियो। १६३ रनको अग्रता सहित चौथो दिन ब्याटिंग गरेको भारतले २४६/५ कोस्थितिमा इनिंग घोषणा गर्दै श्रीलंकालाई जितको लागि ४१० रनको लक्ष प्रस्तुत गरेको छ।

४१० रनको लक्ष पछ्याउदै श्रीलंकाले चौथो दिनको अन्त्यमा ३१ रनमै ३ विकेट गुमाईसकेको छ। टेस्टको पाँचौ दिन अब श्रीलंकालाई जितको लागि ३७९ रन बाँकी छ भने भारतले ७ विकेट हात पार्नुपर्नेछ। रबिन्द्र जडेजाले २ तथा मोहम्मद शामीले श्रीलंकाको १ विकेट हात पारिसकेका छन् ।

चौथो दिन ३५६/९ को स्थितिबाट ब्याटिंग गरेको श्रीलंकाले अन्तिम विकेटको लागि थप १७ रन जोड्न सक्यो। कप्तान दिनेश चण्डीमाल १६४ रन बनाएर अत्निम विकेटको रुपमा आउट भए। भारतीय बलर रबिचंद्रन आश्विन र इशान्त शर्माले ३/३ विकेट तथा मोहम्मद शामी र रबिन्द्र जडेजाले २/२ विकेट हात पारे।

भारतको दोश्रो इनिंग

१६३ रनको अग्रता सहित ब्याटिंग गरेको भारतले आक्रामक ब्याटिंग गर्यो। शिखर धवन, बिराट कोहली ररोहित शर्माले अर्धशतक बनाएपछि भारतले ५२.२ ओभरमै २४६ रन बनाउदै इनिंग घोषणा गर्यो। धवनले ६७ ( ९१ बल, ५ चौका , १ छक्का ) , कोहलीले ५० ( ३ चौका ) ,रोहित शर्माले ५० ( ४९ बल, ५ चौका ) प्रहार गर्ने क्रममा वानडे शैलीमा ब्याटिंग गरेका थिए। अर्धशतकबाट १ रनले चुकेका पुजाराले ४९ रन बनाउने क्रममा ५ चौका प्रहार गरे।

शिखर धवन

यस अघि भारतको पहिलो इनिंगमा बिराट कोहलीले २४३ तथा मुरली विजयले १५५ रनको योगदान दिएका थिए। यस्तै श्रीलंकाको पहिलो इनिंगमा एन्जेलो म्यथुजले १११ तथा दिनेश चण्डीमालले १६४ रन बनाएका थिए।

३ टेस्टको सिरिजमा भारत १-० ले अघि रहेको छ।

( फोटोहरु – बिसीसीआई )

 





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]