“बलिंग गर्न विकेट निकै मुस्किल छ” ~ मेहबुब

  • विकेटनेपाल, साउन २७

आज देखि सुरु भएको सिंगापुर इन्टरनेसनल प्रतियोगिता खेल्ने क्रममा आलमले आफ्नो टिम सिंगापुर इमर्जिंग स्टार्सको लागि पहिलो खेलमा २ विकेट तथा ८ रनको प्रदर्शन गरेका छन् l ( स्कोरकार्ड )

सिंहालिज स्पोर्ट्स क्लबसंग पहिलो खेलमा मेहबुबले टिमको लागि ओपनिंग बलिंग र ब्याटिंग गरेका थिए l

टस जितेर पहिले बलिंग गरेको स्टार्सको लागि इनिंगको पहिलो ओभरमै मेहबुबले दिलान जयलाथ ( ० ) को विकेट दिलाएका थिए l त्यसपछि आफ्नो दोश्रो स्पेलमा अर्धशतक प्रहार गरि खतरनाक देखिएका मिनोध बानुकाको विकेट दिलाएका मेहबुबले आफ्नो ४ ओभरको स्पेलमा ३९ रन खर्चेर २ विकेट हात पारे l

खेलपछि विकेटनेपालसंग कुरा गर्दै आलमले पदंग मैदानमा बलिंग गर्न निकै मुस्किल रहेको बताएका छन् –

‘विकेट पुरै फ्ल्याट ( बलरलाई मदत नगर्ने ) सिमेन्ट विकेट जस्तो छ, जसमा बलिंग गर्न निकै मुस्किल थियो’

‘पहिलो ओभर बलिंग गर्दा स्विंग पाएको थिए जसमा विकेट लिनसके , दोश्रो विकेट ब्याट्सम्यानले ठुलो सट खेल्न खोज्दा बाउन्ड्रीमा क्याच गराए’

आलमले आफु आफ्नो बलिंगबाट सन्तुस्ट रहेको र एउटा मात्र ओभर बिग्रंदा स्पेल कहिँ महँगो देखिएको बताए –

“३ ओभरमा १६ रन दिएर २ विकेट लिएको थिए तर एउटा स्लग ओभर बिग्रियो’

श्रीलंकाको टिम निकै राम्रो भएको समेत उनले बताए  – ‘श्रीलंकन टिम निकै राम्रो थियो जोसंग खेल्न पाउदा खुसि लागेको छ’

खेलमा मेहबुबका टिममेट पारस खड्काले २ ओभर बलिंग गर्ने क्रममा २० रन खर्चेर १ विकेट हात पारे l ९.७५ प्रतिओभरमा रन खर्चेका मेहबुब टिमको लागि सबैभन्दा किफायती बलर भएका थिए l

मेहबुब आलम र पारस खड्का प्रतियोगिता निर्देशक पुष्पेन्द्र शर्मासंग l

श्रीलंकन ब्याट्सम्यान दसुन शनकाले मात्र २७ बलमा ८ छक्का र ५ चौका प्रहार गर्दै ७९ रन बनाएपछि टस हारेर ब्याटिंग गरेको सिंहालिज स्पोर्ट्स क्लबले निर्धारित १७ ओभरमा १९२ रनको योगफल तयार गरेको थियो l

१९३ रनको लक्ष पछ्याउने क्रममा मेहबुब आलम ओपनिंग ब्याटिंग गर्न आएका थिए जसलाई श्रीलंकन रास्ट्रिय क्रिकेटर सचित्रा सेनानायकेले ४ रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका थिए l

सिंगापुर इमर्जिंग स्टार्सले ५.४ ओभरमा २६ रनको योगफलमा २ विकेट गुमाउदा मुसलधारे वर्षाले खेल अबरुद्ध भएको थियो जसपछि डीएल मेथडको आधारमा सिंहालिज स्पोर्ट्स क्लबलाई ३६ रनले बिजेता घोषणा गरिएको थियो l

स्टार्सले भोलि एकै दिन २ वटा खेल खेल्नेछ जुन क्रममा मेर्लबर्न क्रिकेट क्लब ( स्थानीय समय बिहान ११:४५ बजे ) र  काउलुन क्रिकेट क्लब ( स्थानीय समय दिउसो ३ बजे )  संग प्रतिस्पर्धा गर्नेछ l

भोलि हुने खेलबारे विकेटनेपालको जिज्ञासामा आलमले कुनै पनि टिम सहज नभएको तर तुलनात्मक रुपमा हंगकंग र मर्लबर्न टिमसंग सहज हुने विश्वास ब्यक्त गरे l काउलुन क्रिकेट क्लब टिममा हंगकंग रास्ट्रिय क्रिकेटरहरुको वर्चस्व रहेको छ l

कुल ८ टिम सहभागी प्रतियोगिताको समुह ‘बि’ मा रहेको सिंगापुर इमर्जिंग स्टार्स टिमलाई सेमीफाइनल पुग्न आगामी खेल जित्नु पर्ने आवस्यकता छ l २ वटा समुहबाट २-२ वटा टिम सेमीफाइनल पुग्नेछ l

प्रतियोगितामा श्रीलंकन कीर्तिमानी बलर मुथैया मुरलीधरन पनि स्थानीय टिम सिंगापुर क्रिकेट क्लबबाट प्रतियोगिता खेलीरहेका छन् l

 

 





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]