दिपेन्द्रको इनिंगले जित्न सकेन नेपाल, चलेनन् ब्याट्सम्यान

  • विकेटनेपाल, असार २९

भारत भ्रमणमा रहेको नेपाल यु-१९ रास्ट्रिय क्रिकेट टिमले पाँचौ तथा अन्तिम अभ्यास खेलमा ६८  रनको हार बेहोरेको छ l स्कोरकार्ड हेर्नुस

भ्रमण अन्तर्गत यस अघि खेलिएको ४ वटा मध्ये ३ वटा अभ्यास खेल नेपाली टिमले जितेको थियो भने अघिल्लो खेल वर्षाको कारण बराबरीमा टुंगिएको थियो l

पहिले ब्याटिंग गर्दै नोयडा ११ ले बनाएको २३४ रनको जवाफमा ब्याटिंग गरेको नेपाली टिमले ४२ ओभरमा १६६ रनमै सबै विकेट गुमाउन पुगेको थियो l

दिपेन्द्र ऐरीले ५५ , सन्दिप सुनारले ३१ तथा प्रकास केसीले ३१ रनको योगदान दिएतापनि ठुलो साझेदारी बनाउन नसक्दा नेपाली टिमले हार बेहोर्न पुग्यो l संघर्षपूर्ण इनिंग खेलेका दिपेन्द्रले ६८ बलमा २ चौका र २ छक्का प्रहार गरेका थिए l

नोयडा ११ को लागि अनुरित सिंह, निमित सैनी, हर्षित सेठीले २/२ विकेट हात पारे l परविन्दर अवाना, रबि सिंह र गौरभ सिंहले पनि १/१ विकेट आफ्नो नाम गरे l

नोयडा ११ को लागि खेलेका परविन्दर अवानाले भारतीय रास्ट्रिय क्रिकेट टिमको लागि २ वटा टि-२० अन्तर्राष्ट्रिय खेलीसकेका छन् भने अनुरित सिंह, तन्मय श्रीवास्तव, राहुल यादबले आईपीएलमा बिभिन्न टिमको प्रतिनिधित्व गरिसकेका छन् l

टस जितेर ब्याटिंग गरेको नोयडाले पुरै ५० ओभर ब्याटिंग गर्दै ८ विकेट गुमाई २३४ रनको स्कोर तयार गरेको थियो l

दिपेन्द्र ऐरीले अर्धशतक प्रहार गरे

नोयडा ११को लागि ओपनिंग ब्याटिंग गरेका तन्मय श्रीवास्तवले अन्तिम सम्म विकेटमा जम्दै अविजित १२० रन बनाउने क्रममा ३ छक्का र ७ चौका प्रहार गरेका थिए l  राहुल यादबले ३३ तथा अघिल्लो खेलमा शतक प्रहार गरेका अनुरित सिंहले २८ रनको योगदान दिएका थिए l

अघिल्लो खेलमा भन्दा तुलनात्मक रुपमा कसिलो बलिंग गरेको नेपाल यु-१९ को लागि किशोर महतो र पवन सर्राफले २/२ विकेट लिएका थिए l किशोरले १० ओभरमा २ मेडन ओभर सहित ४३ रन दिएका थिए जुन क्रममा भारतीय रास्ट्रिय क्रिकेटर रहीसकेका परविन्दर अवानालाई १ रनको स्कोरमा बोल्ड आउट गरेका थिए l कसिलो बलिंग गरेका ललित राजबंशीले १० ओभरमा मात्र २२ रन खर्चेर १ विकेट लिएका थिए l शाहब आलम र रोहित पौडेलले १/१ विकेट हात पारेका थिए l

नेपालले अतिरिक्त रनको रुपमा मात्र ५ रन खर्चेको थियो l

यो पनि पढ्नुस : अभ्यास खेलमा नेपालविरुद्ध उत्रिए भारतीय रास्ट्रिय क्रिकेटर

भारत भ्रमण सकी नेपाली टिम १४ तारिकमा भारतबाटै सिंगापुरतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ l

बिश्वकप छनौट एसिया प्रतियोगितामा नेपाल सहित आयोजक सिंगापुर, मलेसिया र अफगानिस्तान सहभागी हुँदैछन् l सहभागी प्रत्येक टिमसंग नेपालले २-२ वटा खेल खेल्नेछ l प्रतियोगिताको बिजेता टोलि न्युजिल्याण्डमा जनवरीमा आयोजना हुने यु-१९ बिश्वकपमा सिधा छनौट हुनेछ l

कुल ६ खेल खेल्ने नेपालले १७ जुलाईमा सिंगापुरसंग पहिलो खेल खेल्नेछ भने १८ जुलाईमा मलेसिया, २० जुलाईमा अफगानिस्तान, २१ जुलाईमा सिंगापुर, २४ जुलाईमा मलेसिया तथा २५ जुलाईमा अफगानिस्तानसंग खेल्ने कार्यक्रम छ l

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy