न्युजिल्यान्ड बिरुद्ध नेपाली खेलाडीको दोहोरो शतक, नेपालको अपत्यारिलो ब्याटिंग

nepal blind cricket team
  • विकेटनेपाल-माघ २७ 

भारतमा जारि दृस्टीबिहिन टि-२० बिश्वकप अन्तर्गत आफ्नो नवौ खेलमा न्युजिल्यान्डको सामना गरेको नेपालले रेकर्ड ब्याटिंग प्रदर्शन गरेको छ l नेपाली ओपनिंग ब्याट्सम्यान पदम बहादुर बडैलाले ( बि ३ ) नेपाली दृस्टीबिहिन क्रिकेटको इतिहासकै पहिलो दोहोरो शतक प्रहार गरेका छन् l

स्कोरकार्ड हेर्नुस 

२११ रनको अविजित पारि खेलेका पदमले मात्र ९० बल सामना गरे l उनले २३४.४४ को स्ट्राइक रेटमा रन बनाउने क्रममा ३६ वटा चौका प्रहार गरे l

अर्का ओपनर सोभाराम डाँगीले पनि अविजित रहँदै ५३ रन प्रहार गरे l उनले ३९ बलमा ४ चौका प्रहार गरे l दुवै ओपनरले अविजित इनिंग खेलेपछि प्रतियोगितामा पहिलो पटक नेपाली टिमले बिना विकेट क्षतिमा २० ओभरमा ३१५ रन बनायो l

न्युजिल्यान्डले दोश्रो इनिंगमा १७४ रन मात्रै बनाउन सकेपछि खेल नेपालले १४१ रनले जित्यो जुन बिश्वकपमा नेपालको सबैभन्दा ठुलो अन्तरको जित हो l स्कोरकार्ड

प्रतियोगितामा दक्षिण अफ्रीकालाई मात्र पराजित गर्न सकेको नेपालले कुनै पनि टिम संग २०० को टिम स्कोर समेत बनाउन सकेको थिएन भने कुनै पनि ब्याट्सम्यानले शतक प्रहार गर्न सकेका थिएनन् l वेस्ट इन्डिज संगको खेलमा सुनिल थापा मगरले बनाएको ७० रननै प्रतियोगितामा नेपालको सर्बाधिक रन हो l

प्रतियोगितामा नेपाली टिमको नतिजा हेर्न क्लिक गर्नुस 

दृस्टी बिहिन क्रिकेटमा खेलाडीहरुलाई ३ प्रकारका हुन्छन् l बि १ , बि २ र बि ३ गरी तिन प्रकारका खेलाडी मध्ये बि १ समुहका खेलाडी पूर्णतया दृस्टीबिहिन हुन्छन् भने बि २ समुहमा थोरै मात्र देख्न सक्ने र बि ३ समुहमा टाढा देख्न नसक्ने खेलाडी खेल्ने गर्छन l बि १ समुहका खेलाडीले बनाएको रन दोब्बर गनिने गरिन्छ l

यो पनि पढ्नुस : 

– दृस्टीबिहिन टिमले खोल्यो सबैको आँखा, भारतीय टिम नेपाली गितमा नाच्यो छमछमी

 





थप समाचार

देवको कप्तानीमा एसीसी अन्डर-१९ प्रिमियर कप खेल्ने नेपाली टिमको घोषणा

मलेसियामा अक्टोबर १२ तारिख देखि सुरु हुने एसीसी अन्डर-१९ प्रिमियर कप खेल्न नेपाल क्रिकेट संघले ( क्यान ) १४ सदस्यीय […]

प्रतिस्पर्धात्मक खेलका बाबजुद भारतसंग नेपाल पराजित

१९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतसँग नेपाल २३ रनले पराजित भएको छ । हारसँगै नेपाल पुरुष क्रिकेटको क्वार्टरफाइनलबाटै बाहिरिएको छ […]

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]