डीपीएलको २ ठुला घोषणाहरु आज

  • विकेटनेपाल, १० माघ – बुधबार 

अक्सनमा आधारित नेपालकै पहिलो प्रतियोगिता धनगढी प्रिमियर लिगको दोश्रो सिजनको महत्वपूर्ण घोषणाहरु आज हुँदैछन्।

चैत्र १७ गते देखि धनगढीमा आयोजना हुने प्रतियोगितामा सहभागी हुने टिम र टिम मालिकहरु तथा ६ वटै टिमका रणनीतिक खेलाडीहरुको घोषणा दिउसो १२ बजे राजधानीको अन्नपूर्ण होटलमा आयोजना हुने पत्रकार सम्मेलनमाझ हुनेछ।

प्रतियोगिताको अघिल्लो संस्करणमानै सहभागी टिमहरु दोश्रो संस्करणमा पनि खेल्ने सम्भावना धेरै रहेको छ तर यो पटक टिमको रणनीतिक खेलाडी र कप्तान भने परिवर्तन हुने सम्भावना रहेकोछ।

पछिल्लो सिजन बिराटनगर किंग्सको कप्तानी गरेका शरद भेसावकर नखेल्ने भएपछि उनको सट्टा नयाँ रणनीतिक खेलाडी र कप्तान आउनेछ। गत बर्ष धनगढी टिम चौराहाको कप्तानी पारस खड्काले गरेका थिए जसले प्रतियोगिता जितेको थियो। यस्तै काठमाडौँ किंग्स-११ को कप्तानी बसन्त रेग्मीले, सीवाईसी अत्तरियाको ज्ञानेन्द्र मल्लले, रुपन्देही च्यालेन्जर्सको कप्तानी शक्ति गौचनले, कंचनपुर आइकोनिकको कप्तानी बिनोद भण्डारीले गरेका थिए।

विकेटनेपाललाई बिशेष श्रोतबाट जानकारी प्राप्त भए अनुसार यो पटक अघिल्लो पटक टिमको कप्तान रहेका खेलाडीहरुले टिम परिवर्तन गर्नसक्ने सम्भावना रहेको छ।

यो पटक डीपीएलमा प्रत्येक टिममा रणनीति खेलाडी रहने बताईएको छ जसले टिमको सहयोगीको भूमिका निर्वाह गर्नेछन् भने टिमको सहमतिमा कप्तान पनि रहन सक्नेछन्। एभरेस्ट प्रिमियर लिगमा मार्की प्लेयरले गरेको कामनै डीपीएलको रणनीतिक खेलाडीले गर्नेछन्।

Paras Khadka & Sharad Vesawkar with DPL Winning Trophy
Paras Khadka & Sharad Vesawkar with DPL 2017 Winning Trophy

प्रतियोगिताको बिजेताले २५ लाख रुपैयाँ पाउनेछ जुन नेपाली घरेलु क्रिकेटकै सर्बाधिक पुरस्कार राशी हो। यस्तै उपविजेताले रु. १० लाख, तेश्रो हुने टिमले रु. ३ लाख तथा चौथो हुने टिमले रु. २ लाख पुरस्कार पाउनेछ।  यस्तै उत्कृष्ट हुने खेलाडीले टिभीएस अपाचे १८० सिसिको मोटरसाइकल पाउनेछ भने प्रत्येक खेलको म्यान अफ द म्याचले रु. १० हजार पाउनेछ। आयोजकले प्रतियोगिताको पुरस्कारको लागि मात्रै ५० लाख रुपैयाँ कम्तिमा खर्च हुने बताएको छ। प्रतियोगिताको अनुमानित लागत ३ करोड रुपैयाँ रहेको छ।

प्रतियोगिताको लागि खेलाडी चयन अक्सन मार्फत गरिनेछ भने प्रत्येक टिमले २ जना बिदेशी खेलाडी टिममा अनिवार्य समाबेश गर्नुपर्नेछ। यस्तै सबै टिमले ट्यालेन्ट हन्ट मार्फत १-१ जना सुदूरपश्चिमान्चलका खेलाडी समाबेश गर्नेपर्नेछ। खेलाडीहरुको अक्सन फागुन ५ गते आयोजना हुनेछ।

खेलाडीको बर्गिकरण यसरी 

दर्ता भएका खेलाडीहरुको बर्गिकरण ३ क्याटागरिमा गरिनेछ।

‘ए’ क्याटागरि  रास्ट्रिय क्रिकेट खेलाडी जसले नेपालको लागि कम्तिमा १५ वटा अन्तर्राष्ट्रिय खेल खेलेको छ र कम्तिमा पछिल्लो ३ बर्ष देखि रास्ट्रिय टिमको प्रतिनिधित्व गरेको छ।

‘बि’ क्याटागरि –  ‘ए’ क्याटागरिमा नपरेका सबै रास्ट्रिय खेलाडीहरु जसले उमेर समुहको लागि नेपालको लागि खेलीसकेका छन् अथवा रास्ट्रिय टिमको बन्दसत्रमा स्थान बनाईसकेका छन्।

सी’ क्याटागरि – कुनै पनि स्तरको रास्ट्रिय टिममा नपरेका खेलाडीहरु

अक्सनमा ‘ए’ क्याटागरिबाट ३ भन्दा बढी खेलाडीहरु टिमले लिन पाउनेछैन भने कम्तिमा २ जना खेलाडी ‘ए’ क्याटागरिबाट लिनुपर्नेछ। यस्तै ‘बी’ क्याटागरिबाट कम्तिमा ३ जना खेलाडी लिनैपर्नेछ भने ‘सी’ क्याटागरिबाट कम्तिमा ५ जना खेलाडीहरु लिनैपर्ने प्राबधान राखिएको छ।

सम्बन्धित :- 

 





थप समाचार

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]

अध्यक्ष गुरुङविरुद्धको अविश्वासको प्रस्ताव पारित

काठमाडौं । लुम्बिनी क्रिकेट प्रदेश संघका अध्यक्ष सञ्जय गुरुङ विरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ। कपिलबस्तुकाे ताैलिहवामा शनिबार सम्पन्न प्रदेश […]