यी हुन् डीपिएल खेल्ने टोलि र रणनीतिक खेलाडी

  • विकेटनेपाल-१० माघ, बुधवार

चैत्र १७ गते देखि धनगढीमा आयोजना हुने दोस्रो सिजनको धनगढी प्रिमियर लिगको टोलि तथा टिमका रणनीतिक खेलाडीहरुको घोषणा भएको छ। आज राजधानीको अन्नपूर्ण होटलमा आयोजित पत्रकार सम्मेलन मार्फत आयोजकले सहभागी टोलि, रणनीतिक खेलाडीहरु र मालिकको नाम सार्वजनिक गरेका हुन् ।

दोस्रो सिजनको धनगढी प्रिमियर लिगमा पनि ६ टोलिको सहभागिता हुने भएको छ। पहिलो सिजन खेलेको कन्चंपुर आईकनिक बाहेक अन्य टोलि भने दोस्रो सिजनमा यथावात रहेका छन्। कन्चनपुरलाई भने महेन्द्रनगर युनाईटेडले प्रतिस्थापन गरेको छ।

यो पटक पछिल्लो सिजनसंग टिमहरुको सम्झौता सकिएका कारण टिमहरुले पहिले टिममा रहेका भन्दा फरक खेलाडीहरु चुनेका छन्।

गत सिजन बिराटनगर किंग्सको कप्तान रहेका शरद भेसावकर यो पटक व्यक्तिगत कारणले खेल्ने छैनन्। पछिल्लो सिजन धनगढी टिम चौराहाको कप्तानी गरेका पारस खड्का किंग्सको रणनीति खेलाडी हुनेछन्। पारसको कप्तानीमा पहिलो सिजनको उपाधि हात पारेको टिम चौराहा धनगढीकोणनीतिक खेलाडी भने यसपटक सोमपाल कामि हुनेछन्।

रास्ट्रीय टोलिका उप-कप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा पहिलो सिजन खेलेको सि वाई सि अत्तरियाले यो पटक दीपेन्द्र सिंह ऐरीलाई रणनीतिक खेलाडीको रुपमा चुनेको छ। यस्तै पहिलो सिजनमा कन्चनपुर आईकनिक्सका कप्तान रहेका बिनोद भण्डारी यसपटक नवप्रवेशी टोलि महेन्द्रनगर युनाईटेडको रणनीतिक खेलाडी चुनिएका छन् । रुपन्देही च्यालेन्जर्सको कप्तानी गरेका शक्ति गौचन भने यस सिजनमा पनि रुपन्देहीमानै रहेका छन्।

टिम रणनीतिक खेलाडी                               टिम मालिक
सीवाईसी अत्तरिया दीपेन्द्र सिंह ऐरी क्रिएटिभ युथ क्लब अत्तरिया
महेन्द्रनगर युनाइटेड बिनोद भण्डारी सुशील कुमार श्रेष्ठ
बिराटनगर किंग्स पारस खड्का पारस लुनिया
रुपन्देही च्यालेन्जर्स शक्ति गौचन सुरज उप्रेती
टिम चौराहा धनगढी सोमपाल कामि राजकुमार श्रेष्ठ
काठमाडौँ गोल्डेन्स ज्ञानेन्द्र मल्ल रमेश शिलवाल ( गोल्डेन गेट एजुकेसन नेटवर्क )
टिम कप्तान र मालिक

टिमको रणनीतिक खेलाडीले टिमको सहयोगीको भूमिका निर्वाह गर्नेछन् भने टिमको सहमतिमा कप्तान पनि रहन सक्ने बताईएको छ। एभरेस्ट प्रिमियर लिगमा मार्की प्लेयरले गरेको कामनै डीपीएलको रणनीतिक खेलाडीले गर्नेछन्।

प्रतियोगिताको बिजेताले २५ लाख रुपैयाँ पाउनेछ जुन नेपाली घरेलु क्रिकेटकै सर्बाधिक पुरस्कार राशी हो। यस्तै उपविजेताले रु. १० लाख, तेश्रो हुने टिमले रु. ३ लाख तथा चौथो हुने टिमले रु. २ लाख पुरस्कार पाउनेछ।  यस्तै उत्कृष्ट हुने खेलाडीले टिभीएस अपाचे १८० सिसिको मोटरसाइकल पाउनेछ भने प्रत्येक खेलको म्यान अफ द म्याचले रु. १० हजार पाउनेछ। आयोजकले प्रतियोगिताको पुरस्कारको लागि मात्रै ५० लाख रुपैयाँ कम्तिमा खर्च हुने बताएको छ। प्रतियोगिताको अनुमानित लागत ३ करोड रुपैयाँ रहेको छ।

प्रतियोगिताको लागि खेलाडी चयन अक्सन मार्फत गरिनेछ भने प्रत्येक टिमले २ जना बिदेशी खेलाडी टिममा अनिवार्य समाबेश गर्नुपर्नेछ। यस्तै सबै टिमले ट्यालेन्ट हन्ट मार्फत १/१ जना सुदूरपश्चिमान्चलका खेलाडी समाबेश गर्नेपर्नेछ। खेलाडीहरुको अक्सन फागुन ५ गते आयोजना हुनेछ।





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]