ड्युमिनिद्वारा एकै ओभरमा ३७ रन प्रहार

  • विकेटनेपाल, ५ माघ-  शुक्रबार

जे पी ड्युमिनिले दक्षिण अफ्रीकाको घरेलु प्रतियोगितामा एकै ओभरमा ३७ रन प्रहार गरेका छन्। दक्षिण अफ्रीकामा ५० ओभरको घरेलु प्रतियोगितामा एकै ओभरमा प्रहार भएको अहिलेसम्मकै सर्वाधिक रन हो भने “लिस्ट ए” क्रिकेट इतिहासको दोश्रो सर्वाधिक रन हो।

लिस्ट ए इतिहासमा एकै ओभरमा सर्वाधिक रन बनाउने रेकर्ड भने जिम्बावेका ईल्ट्न चिगम्बुराको नाममा रहेको छ। उनले बंगलादेशको घरेलु प्रतियोगितामा अलाउद्दीन बाबुको एकै ओभरमा ३९ रन प्रहार गरेका थिए।

ड्युमिनिले केप कोब्राजका लागि खेल्दै नाइट्सका लेग स्पिनर एड्दी लेईलको एक ओभरमामा किर्तिमानि ३७ रन प्रहार गरे।
जितको लागि ३२ रन चाहिएको अवस्थामा बलिंग गर्न आएका स्पिनर एड्दीको पहिलो ४ बलमा ड्युमिनिले लगातार ४ छक्का प्रहार गरेका थिए।

त्यसपछि अर्को बलमा उनले २ रन मात्र लिन सफल भए भने पाँचौ बल नो बल थियो जसमा उनले चौका प्रहार गरे। अन्तिम बलमा छक्का प्रहार गरेर उनले एकै ओभरमा ३७ रन जोडे।

२४० रनको लक्ष्य पछ्याउने क्रममा बायाँ हाते ब्याट्सम्यान ड्युमिनिले अविजित ७० रन बनाए। उनले आफ्नो परीमा २ चौका र ७ छक्का प्रहार गरेका थिए। यस्तै टेम्बा बभुमा र सिमोन खुमारीले समान ६५ रनको योगदान गरे। बलिंग तर्फ मर्चेन्ट डि लंगा र एड्दीले १-१ विकेट लिए।

यस अघि पहिले ब्याटिंग गरेको नाइट्सले ५० ओभरमा ९ विकेट गुमाउदै २३९ रन जोडेको थियो। उसका लागि प्याट्रिक क्रुगर अविजित रहदै शतक प्रहार गरेका थिए। उनले ११० बल खेलेर ९ चौका र ४ छक्क प्रहार गरे। केप कोब्राजका लागि जर्ज लिंडे र रोरी क्लैन्फेल्ट ले २-२ विकेट लिएका थिए।

( फिचर फोटो – फाइल )

samraat maharjan

Cricket is Life.Believe in your ability and Follow you passion. Never give up

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy