जोयसको शानदार शतकले जोगियो आयरल्याण्डको हार

  • विकेटनेपाल, पौष २७ – बिहिबार 

आयरल्याण्ड, स्कटल्याण्ड र युनाइटेड अरब इमिरेट्स बीच त्रि-दिवसीय एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला युएईमा सुरु भएको छ। शृंखला अन्तर्गत बिहिबार सम्पन्न पहिलो खेलमा युएईलाई आयरल्याण्डले ४ विकेटले पराजित गर्यो।

सन् ११९४ मा भारत र पाकिस्तानसंग खेलेपछि अर्थात् २४ बर्ष पछि युएईले पहिलो पटक कुनै टेस्ट रास्ट्रसंग एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको हो । आयरल्याण्ड र अफगानिस्तानले गत बर्ष मात्रै टेस्ट रास्ट्रको मान्यता पाएको थियो।

आईसीसी एकेडेमी मैदानमा सम्पन्न खेलमा युएईले पहिले ब्याटिंग गर्दै निर्धारित ५० ओभरमा ९ विकेट गुमाई २२२ रन बनाएको थियो।

२२३ रनको लक्ष पछ्याउने क्रममा अत्यन्त खराब सुरुवात गरेको आयरल्याण्डले पहिलो ५ विकेट ९१ रनको स्कोरमै गुमाउन पुग्यो। कप्तान विल्यम पोटरफिल्ड ( २८ ) , पल स्टरलिंग ( ० ) , एन्डी बालबिर्नी ( ० ), निल ओ ब्रायन ( ० ) र केभिन ओ ब्रायन ( ९ ) रन बनाएर आउट भए ।

तर चौथो नम्बरमा ब्याटिंग गरेका अनुभवी ब्याट्सम्यान एड जोयसले अविजित शानदार शतकीय इनिंग खेल्दै टिमलाई ४ बल अगाबै जितसम्म पुर्याए।

एड जोयस र ग्यारी विल्सनले छैठौं विकेटको लागि टिमको स्कोर ९१/५ बाट २२२ रनसम्म पुर्याउने क्रममा १३१ रनको बिशाल साझेदारी गरेका थिए। जोयसले १४९ बलमा १३ चौका र १ छक्का प्रहार गर्दै अविजित ११६ रन बनाए भने विल्सनले ५३ रन बनाउने क्रममा ८३ बलमा ३ चौका प्रहार गरेका थिए।

युएई बलर मोहम्मद नाभेद र अहमद राजाले समान २/२ विकेट आफ्नो नाम गरे।

युएई इनिंग  

टस हारेर ब्याटिंग गरेको युएईको लागि रमिज सहजादले सर्बाधिक ७५ रन ( १११ बल, ७ चौका, २ छक्का ) बनाएका थिए भने मोहम्मद बुताले ३७ तथा घुलाम शब्बिरले २१ रनको योगदान दिए।आयरल्याण्डको लाबी बोयड र्याँकिंन, ब्यारी म्याकार्थी, पिटर चेज र केभिन ओ ब्रायनले समान २/२ विकेट आफ्नो नाम गरेका थिए।

शृंखला अन्तर्गत दोश्रो खेल युएई र आयरल्याण्ड बीच शनिबार खेलिनेछ भने मंगलबार आयरल्याण्ड र स्कटल्याण्ड प्रतिस्पर्धा गर्नेछन्।

युएई नेपालसंगै डिभिजन-२ मा घटुवा भएको टिम हो जसले नामिबियामा फेब्रुअरीमा संचालन हुने डिभिजन-२ मा नेपालसंगै, ओमान, क्यानडा, केन्या र नामिबियासंग प्रतिस्पर्धा गर्नेछ। ६ टिम मध्ये उत्कृस्ट-२ हुने टिम एकदिवसीय बिश्व कप छनौट प्रतियोगिता खेल्न पाउनेछ।

नेपाली क्रिकेट टिमले पनि डिभिजन-२ को लागि बन्दसत्र थालीसकेको छ

( फिचर फोटो – फाइल )





थप समाचार

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]

केसीएलाई मनकामना बेभरेजको प्रायोजन

पाकिस्तान-नेपाल फ्रेन्डशिप टि-२० क्रिकेट प्रतियोगितामा सहभागी हुने काठमाडौँ क्रिकेट एकेडेमी ( केसीए) लाई मनकामना बेभरेजले मुख्य प्रायोजन गरेको छ। काठमाडौं […]

अत्तरियाले जित्यो अर्जुन ट्रफीको उपाधि

काठमाडौं। फ्रेन्ड्स युथ क्लब डडेलधुरालाई पराजित गर्दै सिवाइसी अत्तरियाले अर्जुन ट्रफीको उपाधि जितेकाे छ। सोमबार सम्पन्न फाइनलमा अत्तरियाले ३४ रनको […]

झलारीका ललीत ऐरले जिते नगद एक लाख

काठमाडाैँ । क्रिकेटको शहर धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा कञ्चनपुरको झलारीका ललीत ऐरले नगद एक लाख पुरस्कार जितेका […]

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]