इंग्ल्याण्डको लज्जास्पद ब्याटिंग , आयरल्याण्डसंग ८५ रनमै सिमित

  • विकेटनेपाल – ८ श्रावण, बुधवार 

आयरल्याण्ड बिरुद्धको एक मात्र टेस्टको पहिलो इनिंगमा घरेलु टोली इंग्ल्याण्ड मात्र ८५ रनमा समेटिएको छ। लर्ड्स मैदानमा बुधवार सुरुभएको टेस्टको पहिलो सेसन बित्न नपाउंदै इंग्ल्याण्ड अलआउट भएको हो।

टस जितेर ब्याटिंग रोजेको एक दिवसिय विश्व च्याम्पियन टोलीले २३.४ ओभरमा सबै विकेट गुमाएर ८५ रन मात्र जोड्न सक्यो। उसका जो डेन्ली (२३ ), साम करन (१८) र ओली स्टोन (१९) बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

तेस्रो ओभरको चौथो बलमा टेस्ट डेब्यु गरिरहेका जेसन रोए व्यक्तिगत ५ रन जोड्दै पभेलियन फर्किएपछि इंग्ल्याण्डको विकेट पतन सुरु भएको थियो। रोएलाई टिम मुर्ताघले आउट गरे। रोएको विकेट लगत्तै दशौँ ओभरमा इंग्ल्याण्डले जो डेन्लीलाई समेत गुमायो। इंग्ल्याण्डको ब्याटिंगमा सर्वाधिक रन जोडेका उनले २८ बलमा २३ रन प्रहार गरे।

Tim Murtagh

आयरल्याण्डका बलरले लगातार कसिलो बलिङ्ग गर्दा इंग्ल्याण्डको विकेट पतन हुने शृंखला रोकिएन। रोरी बर्न्स, जोए रुट, जोनी बेयरस्टो, क्रिस वोक्स र मोइन अली लगातार अन्तरालमा आउट भएपछि इंग्ल्याण्डको इनिंग धरासायी बन्यो।

आयरल्याण्डको बलिङ्गमा टिम मुर्ताघले सर्वाधिक ५ विकेट ( ९-२-१३-५) लिए। यस्तो मार्क एडारले ३ र बोएड र्यान्किनले २ विकेट आफ्नो नाम गरे।

इंग्ल्याण्डको पाँचौं छिटो अलआउट :
आफ्नो टेस्ट इतिहासमा इंग्ल्याण्डले आयरल्याण्ड बिरुद्ध सर्वाधिक पाँचौं छिटो अलआउट हुने रेकर्ड दर्ता गरेको छ। आयरल्याण्ड बिरुद्धको एक मात्र टेस्टको पहिलो इनिंगमा घरेलु टोली २३.४ ओभरमा ८५ रनमा समेटिएको हो।

Shortest all out innings for ENG in Tests:
15.4 vs Aus MCG 1902
19.1 vs WI Port of Spain 1994
20.4 vs NZ Auckland 2018
22.5 vs Aus MCG 1904
23.4 vs Ire Lord’s 2019

 





थप समाचार

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]