टेस्ट रोचक मोडमा

  • विकेटनेपाल, भदौ १३

पहिलो इनिंगमा खराब ब्याटिंग गरे पनि दोश्रो इनिंगमा सुधारिएपछि इंग्ल्याण्ड र वेस्ट इन्डिज बीच दोश्रो टेस्ट रोचक मोडमा पुगेको छ l

पहिलो इनिंगमा इंग्ल्याण्डले २५८ रन मात्रै बनाउन सकेको थियो भने वेस्ट इन्डिजले ४२७ रन बनाएपछि १६९ रनको अग्रता लिएको थियो l १६९ रनले पछि परेको इंग्ल्याण्डले आफ्नो दोश्रो इनिंगमा ४९०/८ मा इनिंग घोषणा गर्दै वेस्ट इन्डिजलाई ३२२ रनको लक्ष प्रस्तुत गरेको हो l

चौथो दिनको खेल सकिंदा वेस्ट इन्डिज ५/० को स्थितिमा रहेको छ र अन्तिम दिन जितको लागि ३१७ रन आवस्यकता रहेको छ l

दोश्रो इनिंगमा इंग्ल्याण्ड ब्याट्सम्यान मोईन अलिले सर्बाधिक ८४ तथा क्रिस वोक्स र दविड मलनले समान ६१ रनको योगदान दिएका थिए l यस्तै ओपनर मार्क स्टोन म्यानले पनि ५२ रन योगदान दिए l कुनै पनि ब्याट्सम्यानले शतक प्रहार नगरी ४९०/८ बनाएको इंग्ल्याण्डले यो सबैभन्दा ठुलो स्कोर हो l सन् १९९४ मा दक्षिण अफ्रीका बिरुद्ध कुनै ब्याट्सम्यानले शतक प्रहार नगर्दा इंग्ल्याण्डले ४७७ रन बनाएको थियो l रेकर्डमा इंग्ल्यान्ड पाँचौ नम्बरमा छ l यो रेकर्डमा भारत सबैभन्दा अघि छ जसले १९७६ मा न्युजिल्याण्ड बिरुद्ध शतक बिना ५२४ रन बनाएको थियो l

दोश्रो इनिंगमा इंग्ल्याण्ड ब्याट्सम्यान मोईन अलिले सर्बाधिक ८४ रन योगदान दिएका थिए l फोटो – आईसीसी

यस अघि वेस्ट इन्डिजले आफ्नो पहिलो इनिंगमा ४२७ रन बनाएको थियो जसको लागि ओपनर क्रेग ब्राथवेटले १३४ तथा साई होपले १४७ रनको योगदान दिएका थिए l इंग्ल्याण्ड बलर जेम्स एण्डरसनले सर्बाधिक ५ विकेट हात पारेका थिए l

इंग्ल्याण्डलाई पहिलो इनिंगमा २५८ मा सिमित गर्न केमर रोच र शानोन गाब्रियलले समान ४/४ विकेट हात पारेका थिए l बेन स्टोक्सले शतक ( १०० रन ) तथा जोए रुटले ( ५९ ) रन बनाउनु बाहेक अन्य इंग्ल्याण्ड ब्याट्सम्यानले ठुलो स्कोर बनाउन सकेका थिएनन् l

यस अघि सम्पन्न पहिलो टेस्टमा वेस्ट इन्डिज इनिंग र २०९ रनको बिशाल अन्तरले पराजित भएको थियो l

वेस्ट इन्डिजका साई होपले १४७  रन बनाउदै टेस्टमा पहिलो शतक प्रहार गरेका थिए  l ©Getty Images




थप समाचार

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]

क्यान अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने

नेपाल क्रिकेट सङ्घ क्यानको केन्द्रीय साधारण सभा तथा अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने भएको छ । नेपाल […]

एसियन गेम्सको लागि अभ्यास सुरु

१९ औँ एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रशिक्षण थालेको छ । नेपाली राष्ट्रिय टोलीका सदस्यले आज बुधवारदेखि त्रिवि […]