दोश्रो टेस्टमा भारतको लज्जास्पद हार

  • विकेटनेपाल, साउन २७ 

इंग्ल्याण्ड बिरुद्ध जारि ५ टेस्ट शृंखला अन्तर्गतको दोस्रो टेस्टमा पाहुना टोलि भारतले एक इनिंग र १५९ रनको लज्जास्पद हार बेहोरेको छ। यो संगै इंग्ल्याण्डले ५ टेस्टको सिरिजमा २-० को अग्रता कायम गरेको छ।

विराट कोहलीले टिमको कप्तानी सम्हालेपछि भारतले पहिलो पटक इनिंग अन्तरको हार बेहोरेको हो। यसअघि पहिलो टेस्टमा भारत ३१ रनले पराजित भएको थियो।

वर्षाले प्रभावित टेस्टमा इंग्ल्याण्डले टस जित्दै भारतलाई पहिले ब्याटिंग गर्ने निम्तो दिएको थियो। इन्ग्लिश बलर जेम्स एण्डरशनको स्विंग थाम्न नसक्दा भारत पहिलो पारीमा मात्र १०७ रनमै समेटिएको थियो। एंडरसनले ५ विकेट हात पारे।

जो इंग्ल्याण्डले क्रिस वोक्सको अविजित १३७ रनको मदतमा ७ विकेट गुमाएर ३९६ रन जोड्दै पारि समाप्तिको घोषणा गरेको थियो। उसको इनिंगमा क्रिस वोक्सले १३७ तथा जोंनी बेयरस्टोले ९३ रन जोडे।

आफ्नो दोस्रो पारीमा २८९ रनले पछि पर्दै दोश्रो इनिंगमा ब्याटिंग थालेको भारतले १३० रन जोड्दा सबै विकेट गुमाउन पुग्यो र खेल एक इनिंग र १५९ रनले इंग्ल्याण्डको जिम्मा लगाउन बाध्य बन्यो।

भारतको ब्याटिंगमा रबिचंद्रन अश्विनले सर्वाधिक ३३ रन बनाए ! इंग्ल्याण्डको बलिंगतर्फ जेम्स एण्डरशन र स्टुअर्ट ब्रोडले समान ४-४ विकेट चट्काए। यो संगै एण्डरसनले लर्ड्स क्रिकेट मैदानमा १०० विकेट पुरा गरेका छन्। एउटै मैदानमा १०० विकेट लिने एण्डरसन मुथैया मुरलीधरन पछि बिश्वकै दोश्रो क्रिकेटर समेत बनेका छन्।

टेस्ट शृंखला अन्तर्गतको तेस्रो टेस्ट अगष्ट १८ बाट नटिंगघममा हुनेछ।

 





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]