मोइनको इनिंगले इंग्ल्यान्ड बलियो

  • विकेटनेपाल, २२ साउन

दक्षिण अफ्रीका र इंग्ल्याण्ड बीच जारि ४ टेस्टको सिरिज अन्तर्गत अन्तिम टेस्टमा इंग्ल्याण्डले तेश्रो दिन सकिंदा दोश्रो इनिंगमा ३६० रनको अग्रता लिएको छ l

ओल्ड ट्राफोर्ड मैदानमा टस जितेर पहिलो ब्याटिंग गरेको इंग्ल्याण्डले पहिलो इनिंगमा ३६२ रनमा अलआउट भएको थियो l त्यसपछि दक्षिण अफ्रीकाले आफ्नो पहिलो इनिंगमा  २२४ रन मात्र बनाउन सकेपछि इंग्ल्याण्डले १३६ रनको अग्रता पाएको थियो l

१३६ रनको अग्रता सहित दोश्रो इनिंग ब्याटिंग गरेको इंग्ल्याण्डले तेश्रो दिनको खेल समाप्तिमा ८ विकेट नोक्सानीमा २२४ रन बनाएको छ र ३६० रनको अग्रता लिईसकेको छ l

इंग्ल्याण्डको लागि जोए रुटले ४९ रन योगदान दिएका थिए भने दक्षिण अफ्रीकालाई मुस्किल लक्ष दिन मोइन अलिले दिनको अन्त्यतिर विस्फोटक अर्धशतक प्रहार गरे l अलिले ८ चौका र ३ छक्का प्रहार गर्दै दक्षिण अफ्रीकाको समस्या बढाउन ५९ बलमा ६७ रन बनाएर क्रिजमा छन् l

दोश्रो इनिंगमा डुएने ओलिभीयरले दक्षिण अफ्रीकाको लागि ३ विकेट दिलाएका छन् भने मोर्ने मोर्केल र कासिगो रबाडाले २/२ विकेट लिएका छन् l

यस अघि दक्षिण अफ्रीकालाई पहिलो इनिंगमा २२६ रनमै अलआउट गर्न जेम्स एण्डरसनले ४ विकेट तथा स्टुवार्ट ब्रोडले ३ विकेट लिएका थिए l भ्रमण टिमको लागि टेम्बा बभुमाले सर्बाधिक ४६ तथा हासिम आम्लाले ३० रन योगदान दिएका थिए l

सिरिजमा २-१ ले इंग्ल्यान्ड अघि रहेको छ l





थप समाचार

देवको कप्तानीमा एसीसी अन्डर-१९ प्रिमियर कप खेल्ने नेपाली टिमको घोषणा

मलेसियामा अक्टोबर १२ तारिख देखि सुरु हुने एसीसी अन्डर-१९ प्रिमियर कप खेल्न नेपाल क्रिकेट संघले ( क्यान ) १४ सदस्यीय […]

प्रतिस्पर्धात्मक खेलका बाबजुद भारतसंग नेपाल पराजित

१९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतसँग नेपाल २३ रनले पराजित भएको छ । हारसँगै नेपाल पुरुष क्रिकेटको क्वार्टरफाइनलबाटै बाहिरिएको छ […]

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]