इंग्ल्यान्डलाई शृंखला, वरीयतामा अस्ट्रेलियालाई उछिन्यो

  • विकेटनेपाल, २२ साउन

अन्तिम टेस्ट १७७ रनले जित्दै इंग्ल्याण्डले दक्षिण अफ्रीकालाई ३-१ ले पराजित गर्दै टेस्ट सिरिज आफ्नो पक्षमा पारेको छ l

दक्षिण अफ्रीकालाई टेस्ट जित्न दोश्रो इनिंगमा ३८० रन आवस्यक थियो l उक्त लक्ष पछ्याउने क्रममा भ्रमण टिमले २०२ रनमै सबै विकेट गुमायो l

मोइन अलिले ५ विकेट तथा जेम्स एण्डरसनले ३ विकेट लिंदै दोश्रो इनिंगमा दक्षिण अफ्रीकाको सम्भावनालाई अन्त्य गर्न महत्वपूर्ण योगदान दिएका थिए l हासिम आम्लाले ८३ तथा कप्तान फाफ डु प्लेसिसले ६१ रनको इनिंग खेले पनि अन्य खेलाडीहरु क्रिजमा जम्न नसक्दा दक्षिण अफ्रीका जितको नजिक पनि पुग्न सकेन l

खेलको म्यान अफ द म्याच मोइन अलि घोषित भए जसले दोश्रो इनिंगमा ५ विकेटको साथै अविजित ७५ रन समेत बनाएका थिए भने पहिलो इनिंगमा २ विकेट र १४ रन बनाएका थिए l अलिनै म्यान अफ द सिरिज समेत घोषित भए जसले सिरिजभर कुल २५ विकेट हात पारेका थिए भने २५२ रन समेत बनाएका थिए l

यस अघि ओल्ड ट्राफोर्ड मैदानमा टस जितेर पहिलो ब्याटिंग गरेको इंग्ल्याण्ड पहिलो इनिंगमा ३६२ रनमा अलआउट भएको थियो l त्यसपछि दक्षिण अफ्रीकाले आफ्नो पहिलो इनिंगमा  २२४ रन मात्र बनाउन सकेपछि इंग्ल्याण्डले १३६ रनको अग्रता पाएको थियो l दोश्रो इनिंगमा इंग्ल्याण्ड २४३ रनमा आउट भएको थियो l

दक्षिण अफ्रीकालाई पहिलो इनिंगमा २२६ रनमै अलआउट गर्न जेम्स एण्डरसनले ४ विकेट तथा स्टुवार्ट ब्रोडले ३ विकेट लिएका थिए l भ्रमण टिमको लागि टेम्बा बभुमाले सर्बाधिक ४६ तथा हासिम आम्लाले ३० रन योगदान दिएका थिए l इंग्ल्याण्डको दोश्रो इनिंगमा जोए रुटले ४९ तथा मोइन अलिले अविजित ७५ रन योगदान दिएका थिए l दोश्रो इनिंगमा अफ्रिकी बलर मोर्ने मोर्केलले सर्बाधिक ४ विकेट हात पारेका थिए l

सिरिज अन्तर्गत पहिलो टेस्टमा इंग्ल्याण्ड २११ रनले बिजयी भएको थियो भने दोश्रो टेस्टमा दक्षिण अफ्रीका ३४० रनले जितेको थियो l तेश्रो टेस्ट इंग्ल्याण्डले २३९ रनले जितेको थियो l

दक्षिण अफ्रीकाले टेस्ट सिरिज अघि इंग्ल्याण्डसंग टि-२० र एकदिवसीय सिरिज दुवै  २-१ को अन्तरले हारेको थियो l

बरियतामा उक्लियो इंग्ल्याण्ड 

जित पछि इंग्ल्याण्ड टेस्ट बरियतामा अस्ट्रेलिया भन्दा माथि उक्लेको छ भने दक्षिण अफ्रीका दोश्रो स्थानमा यथावत छ l भारत १२३ रेटिंग अंक सहित पहिलो स्थानमा छ भने दक्षिण अफ्रीका ११० अंक सहित दोश्रो, इंग्ल्याण्ड १०५ अंक सहित तेश्रो र अस्ट्रेलिया १०० अंक सहित पाँचौ स्थानमा छ l यस्तै न्युजिल्याण्ड पाचौ, पाकिस्तान छैठौं, श्रीलंका सातौं, वेस्ट इन्डिज आठौं, बंगलादेश नवौं र जिम्बाबे दशौ स्थानमा रहेको छ l





थप समाचार

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]

मधेस प्रदेश सरकारले आसिफलाई दुई लाख प्रदान गर्ने

जनकपुरधाम, चैत १० गते । मधेस प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको […]

एपीएफ र सुदूरपश्चिम विजयी

विभागीय टोलीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । […]