नेपालले इन्डोनेसियालाई दियो ४२१ रनको लक्ष्य, प्रसिद्धकाे शतक

काठमाडौँ। ओपनर प्रसिद्ध जैसीकाे शतकप्रेरित नेपालले एसिसी यु-१६ इस्ट जोन कपमा इन्डोनेसियासामु ४२१ रनको लक्ष्य दिएको छ।

टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा ५ विकेट गुमाउँदै ४२० रन बनाएको हो।

नेपालका लागि ओपनर प्रसिद्ध जैसीले सर्वाधिक १३२ रन बनाए। त्यस्तै अर्का ओपनर परिमार्जन यादव २८ बलमा ७१ रन बनाएका थिए। त्यसैगरी रौनक श्रीवास्तवले ८८ रन बनाएर आउट भए भने जोय थापाले ५७ रन बनाएका थिए। त्यस्तै सुगम बुढाथोकीले अविजित ३९ रन बनाएका थिए।

इन्डोनेसियाका बलर केटुट दर्मा पुट्राले २ विकेट लिए भने केभिन नीरज चड्डा, महेन्द्र अजी युदा प्रतामा र रेहान रिजाले एक एक विकेट लिए।





थप समाचार

एसपीए कलेजद्वारा क्रिकेटर द्वय भट्ट र रावललाई आजीवन छात्रवृत्ति र नगदसहित सम्मान

क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा अवस्थित एसपीए कलेजले सुदूरपश्चिमका गौरवशाली युवा क्रिकेटरहरू सचिन भट्ट र सुशील रावललाई आजीवन छात्रवृत्ति र […]

सप्तरी प्राइड लिग-७ : तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी

सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी भएका […]

सप्तरी प्राइड लिग-७, वारियर्स र टाइगर्स विजयी 

२७ अषाढ, राजबिराज । सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा राजगढ वारियर्स र तिरुहुट […]

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]