नेपालले इन्डोनेसियालाई दियो ४२१ रनको लक्ष्य, प्रसिद्धकाे शतक

काठमाडौँ। ओपनर प्रसिद्ध जैसीकाे शतकप्रेरित नेपालले एसिसी यु-१६ इस्ट जोन कपमा इन्डोनेसियासामु ४२१ रनको लक्ष्य दिएको छ।

टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा ५ विकेट गुमाउँदै ४२० रन बनाएको हो।

नेपालका लागि ओपनर प्रसिद्ध जैसीले सर्वाधिक १३२ रन बनाए। त्यस्तै अर्का ओपनर परिमार्जन यादव २८ बलमा ७१ रन बनाएका थिए। त्यसैगरी रौनक श्रीवास्तवले ८८ रन बनाएर आउट भए भने जोय थापाले ५७ रन बनाएका थिए। त्यस्तै सुगम बुढाथोकीले अविजित ३९ रन बनाएका थिए।

इन्डोनेसियाका बलर केटुट दर्मा पुट्राले २ विकेट लिए भने केभिन नीरज चड्डा, महेन्द्र अजी युदा प्रतामा र रेहान रिजाले एक एक विकेट लिए।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy