डु प्लेसिसको शतकमा भारतलाई २७० रनको लक्ष्य

२०७४ माघ १८, बिहीबार २०:४७

  • विकेटनेपाल, माघ १८ – बिहिबार

दक्षिण अफ्रिका र भारतबीच आजदेखि ६ वटा एकदिवसीय क्रिकेटको सिरिज सुरु भएको छ।

सिरिज अन्तर्गत डर्बनमा जारि पहिलो एकदिवसीय क्रिकेटमा टस जितेर पहिले ब्याटिंग गरेको घरेलु टोलिले ५० ओभरमा ८ विकेट गुमाएर २६९ रन बनाएको छ। कप्तान फाफ डु प्लेसिसले आफ्नो करियरको नवौं शतक प्रहार गरे। १२० रन प्रहार गरेका उनले ११२ बलमा ११ चौका र २ छक्का हाने।

हसिम अमलाले १६ रन (१७ बल, १ चौका) र क्विन्टन डीकक् ले ३४ (४९ बल, ४ चौका) रन प्रहार गरे। त्यस्तै एबि डी भिल्लियर्स घाइते भएपछी उनको ठाउँमा आएका एईडेन मार्क्रमले मात्र ९ रन बनाउदा जेपि डुमिनीले १२ तथा डेविड मिलरले ७ रन बनाए ।

क्रिस मोरिस

कुनै समय १३२/५ को स्थितिमा रहेको दक्षिण अफ्रिकालाई क्रिस मोरिस र कप्तान डु प्लेसिसले छैठौं विकेटको लागि ७४ रनको साझेदारी गरेका थिए । मोरिस ३७ रन (४३ बल, ४ चौका, १ छक्का) बनाएर आउट भए ।

एन्डीले फेह्लुक्वायो

त्यसपछि डु प्लेसिस आउट हुनुअघि एन्डीले फेह्लुक्वायोसँग मिलेर सातौँ विकेटका लागि ५६ रनको साझेदारी गरेका थिए। फेह्लुक्वायोले अविजित २७ रन (३३ बल, १ चौका, १ छक्का) बनाए।

भारतका लागि कुलदीप यादवले ३ विकेट हात पार्न १० ओभरमा ३४ रन खर्चिदा चाहलले पनि ४५ रन खर्चेर २ विकेट हात पारे। जस्प्रित बुम्राह र भुवनेश्वर कुमारले १/१ विकेट लिए ।

चाहल र कुलदीप

टिम : 

दक्षिण अफ्रिका: फॉफ डु प्लेसिस (कप्तान), हाशिम आमला, क्विंटन डी कॉक, एबी डी विलियर्स, जेपी ड्यूमिनी, इमरान ताहिर, एडेन मारक्रम, डेविड मिलर, मॉर्न मॉर्केल, क्रिस मॉरिस, लुंगी नगिडी, एंडिल फेहलुकवेओ, कगीसो रबादा, तबरेज शमसी, खाया ज़ोंडो

भारत: विराट कोहली (कप्तान), रोहित शर्मा, जस्प्रित बुम्राह, युज्बेन्द्र चाहल, शिखर धवन, एमएस धोनी, श्रेयस ईयेर, केदार जाधव, दिनेश कार्तिक, कुलदीप यादव, भुवनेश्वर कुमार, मोहम्मद शमी, मनिष पाण्डे, हार्दिक पान्ड्य, अक्सर पटेल, अजिंक्या रहाने, शार्दुल ठाकुर

यस्तो छ खेल तालिका:

पहिलो एकदिवसीय: १ फेब्रुअरी, डर्बन

दोश्रो एकदिवसीय: ४ फेब्रुअरी, सेन्चुरियन

तेस्रो एकदिवसीय: ७ फेब्रुअरी, केप टाउन

चौथो एकदिवसीय: १० फेब्रुअरी, जोहानेसवर्गमा

पाचौं एकदिवसीय: १३ फेब्रुअरी, पोर्ट एलिजावेद

छैठौं एकदिवसीय: १६ फेब्रुअरी, सेन्चुरियन

(Pictures: @BCCI.TV)

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy