डु प्लेसिसको शतकमा भारतलाई २७० रनको लक्ष्य

  • विकेटनेपाल, माघ १८ – बिहिबार

दक्षिण अफ्रिका र भारतबीच आजदेखि ६ वटा एकदिवसीय क्रिकेटको सिरिज सुरु भएको छ।

सिरिज अन्तर्गत डर्बनमा जारि पहिलो एकदिवसीय क्रिकेटमा टस जितेर पहिले ब्याटिंग गरेको घरेलु टोलिले ५० ओभरमा ८ विकेट गुमाएर २६९ रन बनाएको छ। कप्तान फाफ डु प्लेसिसले आफ्नो करियरको नवौं शतक प्रहार गरे। १२० रन प्रहार गरेका उनले ११२ बलमा ११ चौका र २ छक्का हाने।

हसिम अमलाले १६ रन (१७ बल, १ चौका) र क्विन्टन डीकक् ले ३४ (४९ बल, ४ चौका) रन प्रहार गरे। त्यस्तै एबि डी भिल्लियर्स घाइते भएपछी उनको ठाउँमा आएका एईडेन मार्क्रमले मात्र ९ रन बनाउदा जेपि डुमिनीले १२ तथा डेविड मिलरले ७ रन बनाए ।

क्रिस मोरिस

कुनै समय १३२/५ को स्थितिमा रहेको दक्षिण अफ्रिकालाई क्रिस मोरिस र कप्तान डु प्लेसिसले छैठौं विकेटको लागि ७४ रनको साझेदारी गरेका थिए । मोरिस ३७ रन (४३ बल, ४ चौका, १ छक्का) बनाएर आउट भए ।

एन्डीले फेह्लुक्वायो

त्यसपछि डु प्लेसिस आउट हुनुअघि एन्डीले फेह्लुक्वायोसँग मिलेर सातौँ विकेटका लागि ५६ रनको साझेदारी गरेका थिए। फेह्लुक्वायोले अविजित २७ रन (३३ बल, १ चौका, १ छक्का) बनाए।

भारतका लागि कुलदीप यादवले ३ विकेट हात पार्न १० ओभरमा ३४ रन खर्चिदा चाहलले पनि ४५ रन खर्चेर २ विकेट हात पारे। जस्प्रित बुम्राह र भुवनेश्वर कुमारले १/१ विकेट लिए ।

चाहल र कुलदीप

टिम : 

दक्षिण अफ्रिका: फॉफ डु प्लेसिस (कप्तान), हाशिम आमला, क्विंटन डी कॉक, एबी डी विलियर्स, जेपी ड्यूमिनी, इमरान ताहिर, एडेन मारक्रम, डेविड मिलर, मॉर्न मॉर्केल, क्रिस मॉरिस, लुंगी नगिडी, एंडिल फेहलुकवेओ, कगीसो रबादा, तबरेज शमसी, खाया ज़ोंडो

भारत: विराट कोहली (कप्तान), रोहित शर्मा, जस्प्रित बुम्राह, युज्बेन्द्र चाहल, शिखर धवन, एमएस धोनी, श्रेयस ईयेर, केदार जाधव, दिनेश कार्तिक, कुलदीप यादव, भुवनेश्वर कुमार, मोहम्मद शमी, मनिष पाण्डे, हार्दिक पान्ड्य, अक्सर पटेल, अजिंक्या रहाने, शार्दुल ठाकुर

यस्तो छ खेल तालिका:

पहिलो एकदिवसीय: १ फेब्रुअरी, डर्बन

दोश्रो एकदिवसीय: ४ फेब्रुअरी, सेन्चुरियन

तेस्रो एकदिवसीय: ७ फेब्रुअरी, केप टाउन

चौथो एकदिवसीय: १० फेब्रुअरी, जोहानेसवर्गमा

पाचौं एकदिवसीय: १३ फेब्रुअरी, पोर्ट एलिजावेद

छैठौं एकदिवसीय: १६ फेब्रुअरी, सेन्चुरियन

(Pictures: @BCCI.TV)





थप समाचार

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]