फाइनलमा नेपाल पराजित

काठमाडाैँ। चारदेशिय टी–२० सिरिज जित्न १७५ रनको मध्यम लक्ष्य पछ्याएको नेपाल ३ रनले पराजित भएको छ।

आइतबार सम्पन्न खेलमा कुवेतले नेपालमाथि तीन रनको रोमाञ्चक जित हात पारेको हो।

टी–२० मा कुवेतले पहिलोपल्ट नेपाललाई पराजित गर्न सफल भएको हो। यसअघि भएका दुवै भेटमा नेपालले कुवेतलाई ६ र ७ विकेटले पराजित गर्दै आफ्नो दबदबा कायम राखेको थियो। तर, नेपालले उक्त लयलाई निरन्तरता दिन नसक्दा लज्जास्पद हार बेहोर्न बाध्य भएको हो।

कुवेतले प्रस्तुत गरेको १७५ रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १७१ रन मात्रै बनाउन सक्यो। नेपालका बसिर अहमद र नन्दन यादवबाहेक अन्य कुनै ब्याटरले सम्झनलायक प्रदर्शन गर्न सकेनन्।

बसिरले सर्वाधिक ८० रन बनाए। ४३ बल खेलेका उनले आठ चौका र चार छक्का प्रहार गरे। नन्दनले १४ बलमा दुई चौका र चार छक्कासहित ३७ रन बनाए। यी दुईबीच नवौं विकेटका लागि ७३ रनको विशाल साझेदारी भएको थियो। योसँगै नेपाल जितनजिक पुगिसकेको थियो। तर, अन्तिम तीन बलमा तीन रन चाहिएको अवस्थामा क्लिन्टो एन्टोबाट बसिर क्याच हुन पुगे।

कुवेतका अनुदीप चेन्थमाराले सर्वाधिक तीन विकेट लिए। २.३ ओभर बलिङ गरेका उनले १८ रन खर्चिए। यसिन पटेल र नवीनराज राजेन्द्रनले समान दुई विकेट लिँदा मोहमद असलमको नाममा एक विकेट रह्यो।

त्यसअघि मिसन रोड मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७४ रनको योगफल तयार पारेको थियो।

कुवेतका ओपनर रवीजाले सर्वाधिक ६३ रन बनाए। ३६ बल खेलेका उनले ६ चौका र चार छक्का प्रहार गरे।

यस्तै, क्लिन्टो एन्टोले २४ बलमा एक चौका र तीन छक्कासहित २६ रन बनाए। यी दुईबीच पहिलो विकेटका लागि ४९ रनको साझेदारी भएको थियो। यस्तै, मिट भावसार १६ र उस्मान पटेल २३ रनमा आउट हुँदा क्तान मोहम्मद अस्लाम १३ रनमा अविजित रहे।

कुवेतका अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

नेपालका नन्दन यादव र सोमपाल कामीको नाममा समान दुई विकेट रह्यो। करण केसी र कुशल भुर्तेलले समान एक विकेट आफ्नो नाममा लेखाए।





थप समाचार

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]