फिन्चको शतक र स्टार्कको ४ विकेटको बावजुत हार्यो अस्ट्रेलिया

  • विकेटनेपाल, ५ माघ – शुक्रबार 

एरोन फिन्चको शतक र मिचेल स्टार्कको उत्कृस्ट बलिंगका बावजुत घरेलु टोलि अस्ट्रेलियाले इंग्ल्याण्ड बिरुद्धको दोस्रो एक दिवसीय खेलमा हार बेहोरेको छ। पहिलो एकदिवसीय पनि ५ विकेटले जितेको इंग्ल्यान्डले ५ खेलको सिरिजमा २-० को अग्रता लिएको छ।

अस्ट्रेलियाले दिएको २७१ रनको लक्ष्य इंग्ल्याण्डले ४४.२ ओभरमा ६ विकेट गुमाउँदा भेट्टायो। खराब सुरुवातका बाबजुत खेलमा इंग्ल्याण्डले पकड बनाउन सफल रह्यो। टोलिको खातामा मात्र २ रन हुँदा अघिल्लो खेलमा नायक रहेका जेसन रोए पभेलियन फर्किए।

त्यसपछि नम्बर ३ मा ब्याटिंग गर्न आएका एलेक्स हेल्सले ओपनर जोन्नी बेयरस्टोसंग ११७ रनको साझेदारी गर्दा कंगारु बलर जवाफ बिहिन रहे। आक्रमक ब्याटिंग गर्दै बेयरस्टोले मात्र ५६ बलमा ९ चौका सहित ६० रन जोडे। यस्तै एलेक्स हेल्सले भने ६० बल खेल्दै ७ चौका र १ छक्काको मद्धतमा ५७ रन बनाए।

इंग्ल्याण्डले मात्र १० रनको अन्तरमा क्रिजमा जमिसकेका दुवै ब्याट्सम्यानहरु हेल्स र बेयरस्टोलाई गुमाउँदा अस्ट्रेलियाले खेलमा पुनरागमन गर्यो। तर जो रुटले शानदार ब्याटिंग गर्दै अविजित ४६ रन बनाएपछि अस्ट्रेलियाको जित असम्भव रह्यो। महत्वपूर्ण ४६ रन जोड्ने क्रममा रुटले १ चौका मात्र प्रहार गरेपनि खेलमा इंग्ल्याण्डको पकडलाई बनाई राख्न सहयोग पुर्याए।

बिचका ओभरमा अस्ट्रेलियन तिब्र गतिका मिचेल स्टार्कले उत्कृस्ट बलिंग गर्दै विकेट निकालेपनि जस बट्लरसंग ६८ रनको साझेदारी गर्दै रुटले खेलमा इंगल्याण्डलाई जिततर्फ अघि ढल्काए। बट्लरले मात्र ३२ बलमा ५ चौका सहित ४२ रन जोडे।

अस्ट्रेलियाका मिचेल स्टार्कले उत्कृस्ट फास्ट बलिंगको नमुना प्रस्तुत गर्दै ४ विकेट चट्काएपनि त्यो जितका लागि पर्याप्त भएन। १० ओभरको स्पेलमा उनले ५९ रन खर्चे। यस्तै अस्ट्रेलियाको लागी एक दिवसीय खेलमा आज डेब्यु गरेका झोए रिचार्डस्नले भने २ विकेट हात पारे।

अस्ट्रेलियाको इनिंग 

टस जित्दै पहिले ब्याटिंग गरेको अस्ट्रेलियाले भने निर्धारित ५० ओभरमा ९ विकेट गुमाउंदै २७० रन जोडेको थिए। कंगारु टोलिका लागि एरोन फिन्चले शतक बनाएपनि त्यो जितको हिस्सा हुन सकेन।

शृंखलाको दोस्रो खेलमा दोस्रो शतक बनाउने क्रममा फिन्चले ११४ बलमा १०६ रन प्रहार गरेका थिए। ९ चौका र एक छक्का प्रहार गर्दै उनले लगातार दोस्रो शतक पुरा गरेका थिए। अस्ट्रेलियाका अधिकांश ब्याट्सम्यानले सुरुवात पाएपनि फिन्च बाहेक अन्य ब्याट्सम्यानले ठुलो स्कोर जोड्न नसक्दा घरेलु टोलि ठुलो स्कोर बनाउन विफल रहेको थियो।

इंग्ल्याण्डको बलिंगमा आदील रशिद र पार्ट टाईम बलर जो रुटले समान २-२ विकेट हात पारेका थिए। १० ओभरमा रशिदले ७१ रन खर्चे भने ७ ओभर मात्र बलिंग गरेका जो रुटले भने ३१ रन खर्चदै स्टिभ स्मिथ र ट्रयाभिस हेडको विकेट निकालेका थिए।

 

फिन्चले शतक प्रहार गरे
रुटले अविजित ४६ रन बनाए

( फोटो – आईसीसी )

Leave a Reply

© 2025 WicketNepal - WordPress Theme by WPEnjoy