काठमाडौं । सन् २००४ मा पहिलो संस्करणको एसीसी महिला एसिया कप भएको मानिए पनि २००४ को सो एसिया कप केबल दुई राष्ट्रबीचको सिरिज जस्तै रहेको थियो ।
श्रीलंकामा आयोजना भएको सो एसिया कपमा सहभागी अर्को राष्ट्र भारत रहेको थियो ।
यि दुई देशका बीचमा पाँच खेलको ओडिआई सिरिज भएकोमा भारतले सो सिरिज ५-० ले जित्दै एसिया कप पनि जितेको थियो ।