राप्तीलाई गौतम बुद्धकपको उपाधि

चितवनमा सम्पन्न गौतम बुद्ध कप टि-ट्वान्टी प्रतियोगिताको उपाधि बिनोद भण्डारी कप्तानीको राप्तीले जितेको छ।

निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमको नमुना मैदानमा सम्पन्न खेलमा १४४ रनको विजयी लक्ष्य पछ्याएको नारायणीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा मात्र १३४ रन बनाउन सक्यो। स्कोरकार्ड 

प्रतियोगिता अन्तर्गत राप्तीले यस अघि लिग चरणको दुवै खेल जितेको थियो। फाइनल खेल पनि जितेपछि राप्ती प्रतियोगितामा अपराजित टिम रह्यो।

१४४ रनको मध्यम लक्ष्य पछ्याएको नारायणीले दोस्रो ओभरमै ओपनरद्वय राजुल रिजाललाई गुमायो। ६ रन बनाएका उनि कमल सिहं ऐरिको बलिंगमा भुवन कार्कीबाट समातिए। दोस्रो विकेटको लागि रित गौतम र इशान पाण्डेले ५१ रनको अर्धशतकिय साझेदारी गर्दै नारायणीको इनिंग अघि बढाए। ३२ बलमा ३ चौका र १ छक्काको मद्धतमा २७ रन बनाएर पाण्डे १० औं ओभरमा मुखियाको बलिंगमा लोकेश बमबाट समातिए। १५ औं ओभरमा रित गौतम ३३ बलमा २७ रन बनाएर अविनाश बोहोराबाट बोल्ड भए।

नारायणीलाई अन्तिम ५ ओभरमा जितका लागि ४९ रनको आवश्यकता रहेको थियो।

आरिफ शेखले ४८ रन बनाए पनि जित दिलाउन सकेनन्

एक किनारबाट विकेट गएता पनि अर्को किनार सम्हालेका आरिफ शेखले आक्रामक ब्याटिंग गर्ने क्रममा ३१ बलमा ४८ रन बनाउदै (४ चौका र ३ छक्का) नारायणीको इनिंग उकासे। उनलाई १९ औं ओभरमा बोहोराले क्याच आउट गराए। तल्लोक्रमका ब्याट्सम्यानले रन बनाउन नसक्दा नारायणीले हार बेहोर्नु पर्यो। सिद्धान्त लोहनीले ६ रन तथा करन केसीले १ रन मात्र बनाउन सके।

अन्तिम २ ओभरमा जित्न २८ रन आवस्यक हुँदा १९ औं ओभरमा बलिंग गरेका अविनाश बोहराले ११ रन खर्चेर आरिफ शेख र करन केसीको महत्वपूर्ण २ विकेट लिंदै टिमलाई खेलमा हावी गराएका थिए। अन्तिम ओभरमा नारायणीलाई जितका लागि १७ रनको आवश्यकता रहदा कमल सिहं ऐरिले मात्र ६ रन खर्चिए। ओभरको तेस्रो बलमा लोहनीले चौका हिर्काउदै नारायणीलाई खेलमा जीवित राखेका थिए। तर चौथौ ओभरमा लोहनी रन आउट भएपछि राप्तिले जित हात पार्यो।

राप्तिको बलिंगतर्फ अविनाश बोहोराले (३-०-२७-३) डेथ ओभरमा उत्कृष्ट बलिंग गर्दै सर्वाधिक ३ विकेट लिए। यस्तै भुवन कार्कीले २ तथा जितेन्द्र मुखिया र कमल ऐरिले समान १ विकेट लिए।

यसअघि  टस हारेर पहिले ब्याटिंग गरेको राप्तिले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४३ रन बनाउदै नारायणीलाई १४४ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो। उसका लागि कुशल भुर्तेलले सर्वाधिक ४२ रन बनाए।

ओपनरद्वर अमित श्रेष्ठ र कुशल भुर्तेलले पहिलो विकेटको लागि ५१ रनको आक्रामक साझेदारी गर्दै राप्तिलाई सानदार सुरुवात दिलाए। १७ बलमा ४ चौकाको मद्धतमा १८ रन बनाएका अमित छैटौं ओभरमा शाहब आलमको बलिंगमा बोल्ड भए। तेस्रो नम्बरमा ब्याटिंग गर्न आएका शरद भेषवाकरले ७ बलमा समान १ छक्का र १ चौकाको मद्धतमा १० रन बनाए। आक्रामाक शैलीमा ब्याटिंग गरेका कुशल भुर्तेलले ३१ बलमा ४२ रन बनाए जुनक्रममा २ चौका र ४ छक्का हिर्काए। तेस्रो शिकार बनाउने क्रममा उनलाई आलमले बोल्ड गरे। राप्तिले पावरप्लेको समाप्तिमा १ विकेट गुमाएर ५५ रन बनाएको थियो। १४ बलमा ४ रन बनाएर सुस्त ब्याटिंग गरेका भूबन कार्कीलाई शुसन भारीले आउट पारे।

सुमित महर्जनले २५ बलमा २२ रन (समान १ चौका र १ छक्का) तथा कप्तान बिनोद भण्डारीले २१ बलमा ३३ रन (४ चौका र १ छक्का) बनाउदै राप्तिको इनिंग अघि बढाए। महर्जन १७ औं ओभरमा भारीको बलमा बोल्ड भए भने भण्डारी अन्तिम ओभरको पाचौं बलमा रन आउट भए। यस्तै, लोकेश बमले ७ रनको योगदान दिए।

नारायणीको बलिंगतर्फ शाहब आलमले (४-१९-३) सर्वाधिक ३ विकेट लिए भने शुसन भारीले (४-०-११-२) २ विकेट हात पारे। ३.५ ओभरमा ४६ रन खर्चिएका केसीले १ विकेट लिए।





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]