गुप्टिलको शतकमा फेरि हार्यो पाकिस्तान

विकेटनेपाल- ५ माघ, शुक्रवार

पाकिस्तान बिरुद्धको पाँचौ एक दिवसीय खेलमा न्युजिल्याण्डले १५ रनको जित हात पारेको छ। जितसंगै घरेलु टोलि न्युजील्याण्डले शृंखला ५-० ले आफ्नो पोल्टामा पारेको छ।

घरेलु टोलि न्युजिल्याण्डले दिएको २७२ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको पाकिस्तानको सुरुवात खराव रह्यो। कुनै समय ५७ रन जोड्न ५ विकेट गुमाएको पाकिस्तानको इनिंगलाई हरिश सोहेल र शदाव खानले सम्हाले। तर ४९ ओभरमा पुग्दा पाकिस्तानले सबै विकेट गुमाउंदै २५६ रनमात्र जोडेपछि नतिजा १५ रनले न्युजील्याण्डको पक्षमा सुम्पन बाध्य रह्यो।

८७ बल खेलेका सोहेलले ५ चौका सहित ६३ रन जोड्दा शदाव खानले ७७ बलमा ५ चौका सहित ५४ रन बनाए। माथिल्लो क्रमका ब्याट्सम्यानले रन जोड्न नसकेको खेलमा पुच्छरका ब्याट्सम्यानले भने रन जोड्दा पाकिस्तानले जितको कल्पना गरेको थियो। फहीम अश्रफले २३, आमेर यमिनले ३३ र मोहमद नवाजले २३ रन बनाएपनि त्यो जितका लागि पर्याप्त भएन।

पाकिस्तानको टप-अर्डर धरासायी पार्ने क्रममा न्युजिल्याण्डका म्याट हेर्नीले ४ विकेट चट्काए। १० ओभरको स्पेलमा ५३ रन खर्चेका हेन्रीले उत्कृस्ट बलिंगगर्दा पाकिस्तानको ब्याटिंग लड़खडाएको थियो।

यसअघि पहिले ब्याटिंग गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदा २७१ रन जोडेको थियो। उसका लागि ओपनर मार्टिन गुप्टिलले शतक जोडे।

आफ्नो एक दिवसीय क्यारियरको १३ औं शतक बनाउने क्रममा गुप्टिलले १३६ बलमा १० चौका र १ छक्का प्रहार गरेका थिए। यस्तै कोलिन मुन्रो र केन विलियम्सनले सुरुवात पाएपनि ठुलो स्कोरमा बदल्न चुकेका थिए। मुन्रोले ३४ तथा विलियम्सनले २२ रन जोड्दै पभेलियन फर्किएका थिए।
तेस्रो विकेटका लागि गुप्टिलले रस् टेलरसंग ११२ रनको साझेदारी गर्दै घरेलु टोलिको पारिलाई अघि बढाएका थिए। ७३ बल खेलेका टेलरले भने ५९ रन जोडेका थिए। उनको इनिंगमा ३ चौका सामिल थिए।

पाकिस्तानको बलिंगमा रुम्मन रैइसले ३ विकेट लिएका थिए। १० ओभरमा ६७ रन खर्चंदा उनले गुप्टिल, मुन्रो र हेनरी निकोलसलाई पभेलियन फर्काएका थिए। यस्तै फहीम अश्रफले पनि २ विकेट लिएका थिए।





थप समाचार

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]

मधेस प्रदेश सरकारले आसिफलाई दुई लाख प्रदान गर्ने

जनकपुरधाम, चैत १० गते । मधेस प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको […]

एपीएफ र सुदूरपश्चिम विजयी

विभागीय टोलीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । […]