IPL : हारपछि रोहितले ब्याट्सम्यानहरुलाई दिए दोष

आईपीएल १३ को उद्घाटन खेलमा चेन्नाईसंग ५ विकेटको हार बेहोरेपछि मुम्बई कप्तान रोहित शर्माले ब्याट्सम्यानहरुलाई दोष दिएका छन्। रोहितले खेलपछि कुरा गर्ने क्रममा चेन्नाईका फफ डु प्लेसि र अम्बाती रायडुले जस्तै आफ्ना ब्याट्सम्यानले लामो इनिंग खेल्न नसकेको बताए। २ विकेट छिट्टै गुमाएको अवस्थामा डु प्लेसीले अविजित ५८ तथा प्लेयर अफ द म्याच चुनिएका रायडुले ७१ रन बनाएपछि मुम्बईद्वारा प्रस्तुत १६३ रन चेन्नाईले पछ्याएको थियो।

चेन्नाईसंग पहिलो खेल हार्दै मुम्बईले आईपीएलको पछिल्लो ८ सिजनमा पहिलो खेल हार्ने शिलशिला कायमै राख्यो। चेन्नाईले भने मुम्बईलाई ५ खेल पछि बल्ल पराजित गर्न सकेको हो।

रोहितले हारको दोष ब्याट्सम्यानलाई दिंदै बताए – “जसरि रायडु र डु प्लेसीले ब्याटिंग गरे कुनै पनि हाम्रो ब्याट्सम्यानले त्यस्तो खेल्न सकेनन्। मलाई लाग्छ हाम्रो १० ओभरमा ८५ रन थियो। चेन्नाई बलरहरुको तारिफ गर्नुपर्छ, उनीहरुले त्यसपछि अन्तिममा खेल आफूतिर ताने।” मुम्बईको ब्याटिंगमा सौरभ तिवारीले सर्वाधिक ४२ रन तथा क्विन्टन डीककले ३३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले ठूलो योगदान दिन सकेका थिएनन्। रोहितले १० बलमा १२ रन बनाएका थिए।

“हामीले सिक्नुपर्ने कुरा हो र भर्खर सुरु भएको छ। हामी सबै सुरुवातमा राम्रो गर्न चाहन्छौ र यो प्रतियोगितामा लय प्राप्त गर्न पनि आवस्यक रहन्छ। हामीले खेल बाट केहि कुरा सिकेका छौँ र हामीले केहि गल्ति गरेका छौँ। आशा गर्छु हामिले उक्त गल्ति आगामी खेलमा नदोहोर्याइ आगामी खेलमा अझ राम्रो गर्नेछौँ।” उनले थपे।

३ वर्ष पछि आईपीएल म्याच खेल्न पाएका सौरभ तिवारीले मुम्बईको लागि सर्वाधिक ४२ रन बनाएका थिए

रोहितले फ्यानहरु बिनाको मैदानमा खेल्दाको फरक र पिच बारे पनि बताए –

“हामिलाई फ्यानहरुको हल्लामा खेलेको बानि छ। थाहा थियो यस्तो हुन्छ भनेर। तै पनि अहिलेको लागि यो नै नयाँ सत्य हो। तर म आशा गर्छु कि आगामी दिनमा सबै कुरा राम्रो हुनेछ। हामिले नयाँ पिचमा आफूलाई ढाल्नुपर्छ, पिच दोश्रो इनिंगमा सित आउदै गर्दा अझ राम्रो भयो।”

“तपाईले खालि ठाउँमा प्रहार गर्नुपर्छ र आगामी खेलमा ध्यान दिनु पर्छ। बिपक्षीले तपाईलाई ढाल्न सक्छ तर सबैकुरा बुझाइ हो कि हामीले के गर्नुपर्छ।” मुम्बई कप्तानले बताए।

मुम्बईले आगामी खेलमा दिनेश कार्तिक कप्तानीको कोलकाता नाइट राइडर्स बिरुद्ध बुधबार खेल्ने तालिका रहेको छ।

यो पनि पढ्नुस :-

विजयी सुरुवात पछि धोनीले भने – ‘अनुभव काम आयो’

IPL : दिल्लीको पहिलो खेल आज, सन्दिप खेल्ने सम्भावना कति ?

IPL : मुम्बई बिरुद्ध जितपछि धोनीले बनाए ठूलो कीर्तिमान

IPL : रायडु र डु प्लेसिस चम्किदा चेन्नाईको पहिलो जित





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]