हार्दिक पान्ड्याको सटमा बल्ल-बल्ल बाँचे अम्पायर ( भिडियो )

paras khadka
  • विकेटनेपाल, २० साउन

भारत र श्रीलंका बीच जारि दोश्रो टेस्टमा हार्दिक पान्ड्याले प्रहार गरेको जोडदार सटले सिधा अम्पायरको दिशा लियो l लागेको भए अम्पायर रड टकर घाइते हुने निश्चित थियो तर उनले आफुतर्फ निकै रफ्तारमा आएको बलबाट आफुलाई अत्यन्त सावधानीपूर्वक तरिकाले बचाउन सके l

पहिलो इनिंगमा भारतले १३१ औं ओभरमा ब्याटिंग गर्दै थियो र बलिंग गर्दै थिए पुस्पकुमारा l पुस्पकुमाराको बललाई अगाडी बढेर हार्दिक पान्ड्याले सिधा कडा प्रहार गरे l आफुतर्फ आउदै गरेको बलबाट टकरले आफुलाई निकै कम समयमा हटाए l बलले टकरको कम्मरको छेउबाट जाँदै बाउन्ड्री लाइन पार गर्यो l

( नोट : भिडियो नखुले , क्लिक गर्नुस )

कमेन्टेटरको भूमिकामा रहेका हर्षा भोग्लेले रिप्लेमा अम्पायर टकरले देखाएको चुस्तीको तारिफ गर्दै ‘वेल डन’ भनेका थिए l अम्पायर टकरले बल छलेपछि चौकाको इशारा दिंदै बल्ल-बल्ल बाँचेको जस्तो भावमा मुस्कान दिए l

घटना पछि सामाजिक संजालमा टकरको उत्कृस्ट एथलेटिसिजमको तारिफ भएको छ l ५२ बर्षिय टकर अस्ट्रेलियन अम्पायर हुन् जो सन् २००९ देखि अन्तर्राष्ट्रिय क्रिकेटमा अम्पयारिंग गरिरहेका छन् l





थप समाचार

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]

मधेस प्रदेश सरकारले आसिफलाई दुई लाख प्रदान गर्ने

जनकपुरधाम, चैत १० गते । मधेस प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको […]

एपीएफ र सुदूरपश्चिम विजयी

विभागीय टोलीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । […]