पान्ड्याको अलराउण्ड प्रदर्शनका बाबजुत, दक्षिण अफ्रीका अगाडी

  • विकेटनेपाल- २२ पौष शनिवार

दक्षिण अफ़्रिका पहिलो पारि – २८६ ( एबि डिभिल्लियर्स ६५, भुवनेस्वर कुमार ४/८७ )
भारत पहिलो पारि – २०९ ( हार्दिक पान्ड्या ९३, फिलान्डर ३/३३ )
दक्षिण अफ्रिका दोश्रो इनिंग – ६५/२ ( एडन माक्रम ३४, हार्दिक पान्ड्या २/१७ )  दक्षिण अफ्रिका १४२ रनले अघि 

दक्षिण अफ्रिका र भारत बिच जारी टेस्ट सिरिजको पहिलो टेस्टको दोस्रो दिनको खेल सम्पन्न हुँदासम्म खेलमा दक्षिण अफ्रिकाले दोश्रो इनिंगमा १४२ रनको अग्रता बनाएको छ।

२८/३ को अवस्थाबाट दोस्रो दिनको खेल थालेको भारतले आफ्नो पहिलो पारिमा २०९ रन मात्र जोड्न सक्यो। एक समय सस्तैमा समेटिन लागेको भारतको पारिलाई हार्दिक पान्ड्या र भुवनेस्वर कुमारको ९९ रनको साझेदारीले सम्हालेको थियो।

पहिलो दिनको अन्तिम सत्र जस्तै दोस्रो दिनपनि भारतिय ब्याट्सम्यानका लागि कठिन रह्यो। दक्षिण अफ़्रिकि बलरको गति, स्विङ र उछाललाई सम्हाल्न नसक्दा भारत खेलमा पछाडी पर्यो।

दोस्रो दिनको खेलमा, भारतको पहिलो विकेट स्वरुप रोहित शर्मा पभेलियन फर्किएका थिए। ५९ बल खेलेका रोहितले ११ रन बनाउँदा कगिसो रबाडाको बलमा एलबीडब्लू धरापमा पर्न पुगे। रोहितको विकेटपछि ब्याटिङ गर्न आएका रभिचन्द्रन अश्विनले पुजारासंग साझेदारी गर्दै खेललाई भोजनको समयसम्म पुर्याए।

दोस्रो दिनको दोस्रो शत्रको सुरुवातमानै भारतले चेतेस्वर पुजाराको महत्वपुर्ण विकेट गुमाउन पुग्यो। ९२ बल खेलेका पुजारा २६ रन बनाउदै भर्नन फिलान्डरको बलमा फाफ डु प्लेसिसबाट स्लिपमा समातिएका थिए। लगातार रूपमा विकेट गुमाएको भारतका लागि पहिलो पारिको सबैभन्दा ठुलो साझेदारी हार्दिक पान्ड्या र भुवनेस्वर कुमार बिच ८ औं विकेटका लागि भयो।

भुवनेस्वर कुमारसंग ९९ रनको साझेदारी गर्ने क्रममा हार्दिक पान्ड्याले ब्यक्तिगत ९३ रन बनाए। ९५ बल खेलेका पान्ड्याले १४ चौका र १ छक्का प्रहार गरे। पान्ड्या र कुमारको साझेदारीले दक्षिण अफ्रिकालाई पहिलो पारिमा ठुलो अग्रता लिन बाट बन्चित गर्यो।

भारतको पारिलाई २०९ मा रोक्ने क्रममा दक्षिण अफ़्रिकाका भेरोन फिलान्डर र कगिसो रबाडाले समान ३/३ विकेट लिए। त्यस्तै डेल स्टेन र मोर्ने मोर्केलले पनि समान २/२ विकेट लिए।

दक्षिण अफ्रिकाले आफ्नो दोस्रो पारिमा भने मध्यम सुरुवात गरेको छ। दोश्रो दिनको खेल सकिदासम्म दक्षिण अफ्रिकाले २ विकेट गुमाउँदै ६५ रन जोडेको छ।

घरेलु टोलिका लागि एडन माक्रमले ३४ तथा डिन एल्गरले २५ रन बनाउँदा दुवैजना हार्दिक पान्ड्याको शिकार बने। दिनको समाप्तिमा हाशिम आम्ला र नाईट वाच म्यानका रुपमा आएका कगिसो रबाडा कृजमा छन्।

यसअघि पहिलो दिन टस जित्दै पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले आफ्नो पहिलो पारिमा २८६ रन बनाएको थियो। उसका लागि एबि डिभिल्लियर्सले ६५ रन बनाएका थिए। भारतका लागि भुवनेस्वर कुमारले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएका थिए।





थप समाचार

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]

मुकेशको पाँच विकेटमा कंगारुको जित

काठमाडौं, वैशाख ५– मुकेश थारुले एक्लैले पाँच विकेट लिएपछि कंगारु क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग […]