पान्ड्याले आक्रामक ब्याटिंग गर्दै ढाके भारतको लाज, २०९ मै अलआउट

  • विकेटनेपाल, २२ पौष- शनिबार 

हार्दिक पान्ड्याले आक्रामक ब्याटिंग गरेपछि लज्जास्पद स्कोरतर्फ अघि बढेको भारत जोगिएको छ।

दक्षिण अफ्रीकालाई पहिलो इनिंगमा २८६ रनमा सिमित गरेको भारतले दोश्रो इनिंगमा अत्यन्त खराब ब्याटिंग गर्दै ९२ रनको स्कोरमा ७ विकेट गुमाएको थियो जसपछि पान्ड्याले आक्रामक ब्याटिंग गरेका थिए।  मुरली विजय ( १ ) , शिखर धवन ( १६ ) , चेतेश्वर पुजारा ( २६ ) , बिराट कोहली ( ५ ) , रोहित शर्मा ( ११ ) र रविचन्द्रन आश्विन ( ११ ) आउट भएपछि भारतको इनिंग  १०० रनको वरिपरी आउट हुने खतरा बढेको थियो।

हार्दिक पान्ड्याले आक्रामक इनिंग खेल्दै ९३ रनको ठुलो स्कोर बनाएका थिए जुन क्रममा उनले ९५ बलमा १४ चौका र १ छक्का प्रहार गरेका थिए। उनि नवौं विकेटको रुपमा रबाडाको बलमा विकेट किपर डीककको हातबाट समातिन पुगेका थिए।

पान्ड्याले आठौं विकेटको लागि भुवनेश्वर कुमारसंग ९९ रनको साझेदारी गरे। भुवनेश्वर २५ रन बनाएर आउट भए।

त्यसपछि अन्य ब्याट्सम्यानहरुले लगातार विकेट गुमाएपछि भारतले २०९ रनमै सबै विकेट गुमाएको छ। ७३.४ ओभरमा सबै विकेट गुमाएपछि दक्षिण अफ्रीकाले पहिलो इनिंगमा ७७ रनको अग्रता लिएको छ।

दक्षिण अफ्रिकी बलर भेरोन फिलान्डर र कासिगो रबाडाले ३/३ विकेट आफ्नो नाम गरे। डेल स्टेन र मोर्ने मोर्केलले पनि २/२ विकेट लिए।

दक्षिण अफ्रीका पहिलो इनिंग 

पहिलो इनिंगमा टस जितेर पहिले ब्याटिंग गरेको दक्षिण अफ्रीकाले पहिलो इनिंगमा २८६ रनमै सम्पूर्ण विकेट गुमाएको थियो।

भुवनेश्वर कुमार एक्लैले ४ विकेट हात पार्दै माथिल्लो क्रमका ब्याट्सम्यानहरुलाई पेभेलियनको बाटो देखाएपछि दक्षिण अफ्रीकाले टस जितेपनि राम्रो ब्याटिंग गर्न सकेको थिएन। ७३.१ ओभरमा सबै विकेट गुमाई २८६ रनमा रोक्न भुवनेश्वरले १९ ओभरमा ४ मेडन ओभर सहित ८७ रन खर्चिएका थिए। उनले त्यसक्रममा डीन एल्गर ( ० ) , एडेन मारक्रम ( ५ ), हसिम अम्ला ( ३ ) र क्वान्टन डीकक ( ४३ ) को विकेट लिएका थिए।

भारतीय बलर रबिचन्द्रन आश्विनले २ विकेट हात पारे भने मोहम्मद सामी, जस्प्रित बुम्रा र हार्दिक पाण्डेले १-१ विकेट हात पारेका थिए।

कोहलीको विकेट लिएपछि मोर्केलको खुसि

दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डी भिल्लर्सले सर्बाधिक ६५ रनको योगदान दिएका थिए जुन क्रममा उनले ८४ बलमा ११ चौका प्रहार गरेका थिए। यस्तै कप्तान फाफ डु प्लेसिसले ६२ रन ( १०४ बल, १२ चौका ) तथा क्वान्टन डीककले ४३ रन ( ४० बल, ७ चौका ) को योगदान दिए । डी भिल्लर्स र डु प्लेसिसले चौथो विकेटको लागि ११४ रनको साझेदारी गरेका थिए।

दक्षिण अफ्रीका भ्रमण अन्तर्गत भारतले ३ वटा टेस्ट, ६ वटा वानडे तथा ३ वटा टि-२० अन्तर्राष्ट्रिय खेल्ने कार्यक्रम रहेको छ।

( फोटो – बिसीसीआई )





थप समाचार

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]