हार्दिक पान्ड्याको विस्फोटक शतकसंगै रेकर्डको वर्षा

  • विकेटनेपाल, २८ साउन 

भारत र श्रीलंका बीच जारि तेश्रो टेस्टको पहिलो इनिंगमा हार्दिक पान्ड्याले १०८ रनको शतकीय इनिंग खेल्दै थुप्रै रेकर्ड आफ्नो नाम गराएका छन् l

७ छक्का र ८ चौका मदतले १०८ रन बनाएर आउट हुने क्रममा कुनै पनि भारतीय ब्याट्सम्यानले गर्न नसकेको कारनामा गरेर देखाए l

पान्ड्याले शतक बनाउने क्रममा पहिलो ५० रन बनाउन ६१ बल लगाएका थिए भने त्यसपछिको ५० रन मात्र २५ बलमै प्रहार गरेका थिए l

टेस्ट क्रिकेटमा भारतको एकै ओभरमा सर्बाधिक रन 

– लेफ्ट आर्म स्पिनर पुस्पकुमाराको एकै ओभरमा २६ रन (4, 4, 6, 6, 6, 0) बनाउदै कपिल देब र सन्दिप पाटिलले बनाएको एकै ओभरमा २४ रनको रेकर्ड पान्ड्याले आफ्नो नाम बनाएका छन् l

पान्ड्याले आफ्नो शतक ८६ रनमै पुरा गरे जुन भारतीय ब्याट्सम्यानको तर्फबाट टेस्ट क्रिकेटमा पाँचौ छिटो शतक हो l ©ICC

टेस्ट क्रिकेटमा ओभरमा सबैभन्दा धेरै रन प्रहार गर्ने रेकर्ड ब्रायन लारा र जर्ज बेलीको छ l लाराले २००३/४ मा दक्षिण अफ्रीकाको बलर रबिन पिटरसनको एकै ओभरमा २८ रन प्रहार गरेका थिए जुन क्रममा लाराले २ छक्का र ४ चौका प्रहार गरेका थिए l  यस्तै बेलीले २०१३/१४ मा इंग्ल्यान्ड बिरुद्ध जेम्स एण्डरसनको ओभरमा ३ छक्का, २ चौका र २ रन लिएका थिए l

फर्स्ट क्लास करियरकै पहिलो शतक टेस्टमा 

– आफ्नो फर्स्ट क्लास करियरकै पहिलो शतक टेस्ट क्रिकेटमा प्रहार गर्ने पान्ड्या छैठौं खेलाडी बनेका छन् l यो लिस्टमा बिजय मान्ज्रेकर, कपिल देब, हरभजन सिंह, अजय रात्रा संगै पान्ड्या पनि जोडिएका छन् l

छिटो शतक 

पान्ड्याले आफ्नो शतक ८६ रनमै पुरा गरे जुन भारतीय ब्याट्सम्यानको तर्फबाट टेस्ट क्रिकेटमा पाँचौ छिटो शतक हो l कपि देब ( ७४ ) , मोहम्मद अजरुद्दीन ( ७४ ) , बिरेन्द्र सहवाग ( ७८ ) र शिखर धवन ( ८५ ) ले उनि भन्दा छिटो शतक पुरा गरेका छन् l तर आठौं नम्बरमा ब्याटिंग गर्दै बनाएको शतक भने यो सबैभन्दा छिटो शतक हो l

शतक पछि बिरेन्द्र सेहवागले पान्ड्याको तारिफ गरे

एकै सेसनमा १०० रन

– कुनै पनि भारतीय ब्याट्सम्यानले एकै सेसनमा त्यो पनि लन्च भन्दा पहीले १०० रन ( १ रनबाट – १०८ रन ) बनाउन सकेका थिएनन् l यस्तो गर्ने पान्ड्या पहिलो भारतीय ब्याट्सम्यान बनेका छन् l यस भन्दा अघि बिरेन्द्र सहवागले सेसनमा ९९ बनाएका थिए l

श्रीलंका नाजुक अवस्थामा 

श्रीलंका र भारत बीच जारि तेश्रो टेस्टमा भारतले टस जितेर ब्याटिंग गर्दै पहिलो इनिंगमा शिखर धवनको ११९, पान्ड्या को १०८ र केएल राहुलको ८५ रन मदतले ४८७ रन बनाएको थियो l

श्रीलंकाले आफ्नो पहिलो इनिंगमा १३५ रनमै सम्पूर्ण विकेट गुमाएपछि भारतले फलोअन दिएको छ l फलो अन पछि श्रीलंकाले तेश्रो दिनको खेल सकिंदा १९ रनमा १ विकेट गुमाईसकेको छ l

कुलदिप यादबले सर्बाधिक ४ विकेट लिए ©ICC

भारतीय बलर कुलदिप यादबले सर्बाधिक ४ विकेट लिएका थिए भने मोहम्मद सामी र रबिचन्द्रन आश्विनले २/२ विकेट हात पारे l पहिलो इनिंगमा श्रीलंकन ब्याट्सम्यान दिनेश चण्डीमालले सर्बाधिक ४८ रन बनाएका थिए l

सिरिज अन्तर्गत यसभन्दा अघि सम्पन्न दुवै टेस्ट भारतले बिशाल अन्तरले जितीसकेको छ l





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]