काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो १२स्४५ बजेदेखि सुरु हुनेछ।
यस सिरिजमा नेपालले ६ खेलेको थियो। जसमा २ खेलमा जितेको छ भने ४ खेलमा हार व्यहोरेको थियो।
नेपालले नामिबियासँगका दुवै खेलमा हार व्यहोरेको थियो भने हङकङ र युगान्डासँग एक एक खेलमा हार व्यहोरेको थियो। नेपालले आयोजक युगान्डा र हङकङलाई एक एक खेलमा पराजित गरेको थियो।
त्यस्तै फाइनलमा भने शीर्ष स्थानमा रहेको आयोजक युगान्डा र दोस्रो स्थानमा रहेको नामिबिया आजै खेल्दै छन्।
