अचम्म ! आईसल्याण्डसँग खेल्ने पाकिस्तान टिमको नाम सार्वजनिक

  • विकेटनेपाल, बैशाख २७ – बिहिबार

आइसीसीको सदस्य समेत नरहेको आईसल्याण्ड क्रिकेट केहि दिन देखि आईसीसी तथा विभिन्न देशका क्रिकेट बोर्ड र क्रिकेटसँग सम्बन्धित व्यक्तिहरुसँग रोमान्चक कुराकानीमा ब्यस्त छ ।

केहि समय अघि इंग्ल्याण्ड क्रिकेट बोर्डले १०० बलको क्रिकेट प्रतियोगिता, जसमा प्रत्येक १५ ओभरसम्म ओभरमा ६ बल हुने र अन्तिम ओभरमा १० बल हुने जनाएको थियो, सार्वजनिक गरेको थियो । सोहि बिषयसँग सम्बन्धित क्रिकइन्फोका जेनेरल ईडिटर डेभिड होप्प्सले लेखेको ट्विटमा पनि आईसल्याण्ड क्रिकेट बोर्डको ट्वीटर एकाउन्टबाट रोमान्चक जवाफ आएको थियो ।

डेभिड होप्प्सले उक्त प्रतियोगितामा क्रिकेट बोर्डले टेस्ट कप्तान जोए रुट र अलराउण्डर बेन स्टोक्सलाई मार्केटिंगका रुपमा प्रयोग गर्न सक्ने तर क्रिकेटमा भर्खर भर्खर रुची राख्ने व्यक्तिहरुले दुबै खेलाडीहरुलाई चिनेकै हुनु नपर्ने लेखेका थिए ।

उक्त ट्वीटको जवाफमा आईसल्याण्ड क्रिकेट बोर्डले मार्केटिंगको रुपमा आफ्ना दुई खेलाडीहरुलाई प्रयोग गर्न सक्ने जनाएको छ । दर्शकले रुट र स्टोक्सलाई चिनेको हुनु नपर्ने भए हाम्रो देशका खेलाडीहरु र उनिहरुमा फरक नरहेको लेखेको छ ।

पाकिस्तान टेस्ट टिमको नाम सार्वजनिक

भोलिदेखि आयरल्याण्डले घरेलु भूमिमा पाकिस्तानबिरुद्द टेस्ट क्रिकेटमा डेब्यु गर्दै छ, सोहि कुरालाई समेटेर आफुहरु आयरल्याण्डमा पाकिस्तानसँग टेस्ट खेल्न लागेको भन्दै दुबै देशको पहिलो रोजाईको एघार जनाको नाम सार्वजनिक गरेको छ । (नोट: आयरल्याण्डको महिला टिमले सन् २००९ मा टेस्ट क्रिकेटमा डेब्यु गरिसकेको छ । )





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]