अचम्म ! आईसल्याण्डसँग खेल्ने पाकिस्तान टिमको नाम सार्वजनिक

२०७५ बैशाख २७, बिहीबार १८:१६

  • विकेटनेपाल, बैशाख २७ – बिहिबार

आइसीसीको सदस्य समेत नरहेको आईसल्याण्ड क्रिकेट केहि दिन देखि आईसीसी तथा विभिन्न देशका क्रिकेट बोर्ड र क्रिकेटसँग सम्बन्धित व्यक्तिहरुसँग रोमान्चक कुराकानीमा ब्यस्त छ ।

केहि समय अघि इंग्ल्याण्ड क्रिकेट बोर्डले १०० बलको क्रिकेट प्रतियोगिता, जसमा प्रत्येक १५ ओभरसम्म ओभरमा ६ बल हुने र अन्तिम ओभरमा १० बल हुने जनाएको थियो, सार्वजनिक गरेको थियो । सोहि बिषयसँग सम्बन्धित क्रिकइन्फोका जेनेरल ईडिटर डेभिड होप्प्सले लेखेको ट्विटमा पनि आईसल्याण्ड क्रिकेट बोर्डको ट्वीटर एकाउन्टबाट रोमान्चक जवाफ आएको थियो ।

डेभिड होप्प्सले उक्त प्रतियोगितामा क्रिकेट बोर्डले टेस्ट कप्तान जोए रुट र अलराउण्डर बेन स्टोक्सलाई मार्केटिंगका रुपमा प्रयोग गर्न सक्ने तर क्रिकेटमा भर्खर भर्खर रुची राख्ने व्यक्तिहरुले दुबै खेलाडीहरुलाई चिनेकै हुनु नपर्ने लेखेका थिए ।

उक्त ट्वीटको जवाफमा आईसल्याण्ड क्रिकेट बोर्डले मार्केटिंगको रुपमा आफ्ना दुई खेलाडीहरुलाई प्रयोग गर्न सक्ने जनाएको छ । दर्शकले रुट र स्टोक्सलाई चिनेको हुनु नपर्ने भए हाम्रो देशका खेलाडीहरु र उनिहरुमा फरक नरहेको लेखेको छ ।

पाकिस्तान टेस्ट टिमको नाम सार्वजनिक

भोलिदेखि आयरल्याण्डले घरेलु भूमिमा पाकिस्तानबिरुद्द टेस्ट क्रिकेटमा डेब्यु गर्दै छ, सोहि कुरालाई समेटेर आफुहरु आयरल्याण्डमा पाकिस्तानसँग टेस्ट खेल्न लागेको भन्दै दुबै देशको पहिलो रोजाईको एघार जनाको नाम सार्वजनिक गरेको छ । (नोट: आयरल्याण्डको महिला टिमले सन् २००९ मा टेस्ट क्रिकेटमा डेब्यु गरिसकेको छ । )

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy