च्याम्पियन्स ट्रफी : जाद्रनको शतकमा इङ्ग्ल्यान्डलाई ३२६ रनको लक्ष्य

काठमाडौँ । इब्राहिम जाद्रानको कीर्तिमानी शतकगमा अफगानिस्तानले इङ्ग्ल्याण्डलाई ३२६ बिशाल लक्ष्य दिएको छ।

पाकिस्तानको लाहोरमा रहेको गद्दाफी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३२५ रनको बलियो योगफल तयार गर्यो।

अफगानिस्तानका लागि जाद्रानले सर्वाधिक १७७ रन जोडे। उनले १४६ बलको सामना गर्दै १२ चौका र ६ छक्का प्रहार गरे। जाद्रानले अफगानिस्तानका लागि च्याम्पियन्स ट्रफीमा ऐतिहासिक पहिलो शतक प्रहार गरे। अफगानिस्तानको च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा नै यो सम्भव भएको हो।

अफगानिस्तानका लागि जाद्रानले नै २ वर्ष अघि ओडिआई विश्व कपमा पनि पहिलो शतक प्रहार गरेका थिए। ओडिआई करियरको छैठौं शतक जाद्रानले १०६ बलमा पूरा गरे । जाद्रानले १३४ बलमा पूरा गरे। जाद्रानले च्याम्पियन्स ट्रफीमा सर्वाधिक व्यक्तिगत रनको कीर्तिमान समेत बनाए। गत शनिवार अस्ट्रेलियाविरुद्धको खेलमा इङ्ग्ल्याण्डका बेन डकेटले बनाएको १६५ रनको कीर्तिमान तोडेका हुन्।

३७ रनमा ३ विकेट गुमाएर कठिन अवस्थामा पुगेको अफगानिस्तानका लागि जाद्रान र कप्तान हशमतुल्लाह शाहिदीले १०३ रनको साझेदारी गरे। कप्तान शाहिदीले ६७ बलमा ३ चौकाको सहयोगमा ४० रन जोडे।

पाँचौ विकेटका लागि जाद्रानले अज्मतुल्लाह उमरजाइसँग मिलेर ७२ रनको महत्वपुर्ण साझेदारी गरे। उमरजाइ ३१ बलमा १ चौका र ३ छक्काको सहयोगमा ४१ रन जोड्दै आउट भए। छैठौं विकेटका लागि मोहम्मद नाबीसँग जाद्रानले १ सय ११ रनको साझेदारी गरे। नाबीले २४ बलमा २ चौका र ३ छक्काको सहयोगमा ४० रन जोडे।

इङ्ग्ल्याण्डका लागि जोफ्रा आर्चरले ३, लियम लिभिङ्स्टोनले २, जेमी ओभरर्टन र आदिल राशिदले समान १ विकेट लिए।

यसअघिकाे पहिलाे खेलमा पराजित दुबै टाेली पहिलाे जितकाे खाेजिमा छन्।





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]