श्रीलंकाको इनिंग अन्तरको हार, बिश्वरेकर्ड नजिक भारत

  • विकेटनेपाल, २२ साउन

भारत : ६२२/९ पारि समाप्ति (  पुजारा १३३, रहाने १३२ , हेराथ , ४/१५४ ) l श्रीलंका  १८३ ( डिकवेला ५१, आश्विन ५/६९ ) ३८६ ( करुनारत्ने १४२, मेन्डिस ११०, जडेजा ५/१५२ ) भारत इनिंग र ५३ रनले बिजयी  , सिरिज : भारत -2 , श्रीलंका -० 

श्रीलंकालाई दोश्रो टेस्टमा इनिंग र ५३ रनले पराजित गर्दै ३ टेस्ट म्याचको सिरिज १ टेस्ट अगाबै जितेको छ l अघिल्लो टेस्टमा भारतले ३०४ रनले जितेको थियो l

भारतले पहिलो इनिंगमा बनाएको ६२२/९ को बिशाल स्कोर पछि ब्याटिंग गरेको श्रीलंकाले आफ्नो पहिलो इनिंगमा १८३ रन मात्रै बनाउन सकेको थियो l जसपछि भारतले श्रीलंकालाई फलोअन दिएको थियो l श्रीलंकाले फलोअनपछि आफ्नो दोश्रो इनिंगमा सुधारिएको ब्याटिंग देखाएपनि चौथो दिन अलआउट हुँदै ३८६ रन मात्रै बनाउन सक्यो l

दोश्रो इनिंगमा जडेजाले ५ विकेट हात पारे

पहिलो इनिंगमा भारतले चेतेश्वर पुजाराको १३३ तथा अजिंके रहानेको १३२ रन मदतले ६२२/९ को स्कोरमा इनिंग समाप्ति घोषणा गरेको थियो l त्यसपछि ब्याटिंग गरेको श्रीलंकालाई १८३ रनमै रोक्न रबिचंद्रन आश्विनले ५ विकेट लिएका थिए l

दोश्रो इनिंगमा श्रीलंकाको लागि ओपनर डीमुथ करुनारत्नेले १४१ रन तथा कुसल मेन्डिसले ११० रनको योगदान दिएपनि इनिंग अन्तरको हार जोगाउन सकेनन् l भारतको लागि दोश्रो इनिंगमा प्ल्येयर अफ द म्याच समेत चुनिएका रबिन्द्र जडेजाले ५ तथा आश्विन र पान्ड्याले २/२ विकेट हात पारे l

भारतको लगातार आठौं सिरिज जित, बिश्वरेकर्ड नजिक 

श्रीलंकालाई इनिंगमा ५३ रनले पराजित गरेपछि ३ टेस्ट म्याचको सिरिज १ खेल अगाबै २-० ले जितेको छ l  भारतले पछिल्लो २ बर्षमा जितेको यो लगातार आठौं सिरिज हो l २०१५ मा श्रीलंकालाई २-१ ले पराजित गरेपछि भारतले कुनै पनि सिरिज गुमाएको छैन l

लगातार सिरिज जितको बिश्वरेकर्ड कायम गर्न अब भारतलाई एउटा सिरिज जित मात्र आवस्यक छ l अस्ट्रेलिया र इंग्ल्यान्डले लगातार ९ वटा टेस्ट सिरिज जित्दै यो रेकर्ड राखेको छ l

भारतको सिरिज जीत

१. २०१५ , श्रीलंकालाई २-१
२. २०१५-१६ , दक्षिण अफ्रीकालाई ३-०
३. २०१६  , वेस्टइन्डिजलाई २-०
४. २०१६-२०१७ , न्युजिल्याण्डलाई ३-०
५. २०१६-१७ , इंग्ल्याण्डलाई ४-०
६. २०१६-१७ , बंगलादेशलाई १-०
७. २०१६-१७ , अस्ट्रेलियालाई २-१
८. २०१७ , श्रीलंकालाई २-०

 





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]