लगातार विकेटले भारत समस्यामा, २८६ मै समेटियो दक्षिण अफ्रीका – पहिलो दिन

  • विकेटनेपाल, पौष २१- शुक्रबार 

भारत २८/३ ( पुजारा ५* , मोर्केल १/० ) , दक्षिण अफ्रीका २८६ ( डीभिल्लर्स ६५, डु प्लेसिस ६२, भुवनेश्वर ४/८७ )

भारत र दक्षिण अफ्रीका बीच दक्षिण अफ्रीकाको केप टाउनमा पहिलो टेस्ट सुरु भएको छ।

टस जितेर पहिले ब्याटिंग गरेको दक्षिण अफ्रीकाले पहिलो इनिंगमा २८६ रनमै सम्पूर्ण विकेट गुमाएपछि ब्याटिंग सुरु गरेको भारतले दिनको समाप्तिमा २८ रन बनाउदा ३ विकेट गुमाईसकेको छ।

मुरली विजय ( १ ) , शिखर धवन ( १६ ) र कप्तान बिराट कोहली ( ५ ) रनमै आउट भएपछि भारत दिनको समाप्तिमा दक्षिण अफ्रीकाको पहिलो इनिंग स्कोर भन्दा २५८ रनले पछि रहेको छ। कोहलीलाई मोर्ने मोर्केलले विकेटकिपर डीककको हातमा क्याच थमाएका थिए भने धवनलाई डेल स्टेनले तथा विजयलाई भेरोन फिलान्डरले पेभेलियन फर्काएका थिए।

चेतेश्वर पुजारा ५ तथा रोहित शर्मा ० रनमा अविजित रहेकाको अवस्थामा दिनको समाप्ति भएको थियो जुनबेलासम्म भारतले ११ ओभर ब्याटिंग गरेकोछ।

कोहलीको विकेट लिएपछि मोर्केलको खुसि

भुवनेश्वर कुमारको बलिंगले दक्षिण अफ्रीका निरिह 

भुवनेश्वर कुमार एक्लैले ४ विकेट हात पार्दै माथिल्लो क्रमका ब्याट्सम्यानहरुलाई पेभेलियनको बाटो देखाएपछि दक्षिण अफ्रीकाले टस जितेपनि राम्रो ब्याटिंग गर्न सकेन। ७३.१ ओभरमा सबै विकेट गुमाई २८६ रनमा रोक्न भुवनेश्वरले १९ ओभरमा ४ मेडन ओभर सहित ८७ रन खर्चिएका थिए। उनले त्यसक्रममा डीन एल्गर ( ० ) , एडेन मारक्रम ( ५ ), हसिम अम्ला ( ३ ) र क्वान्टन डीकक ( ४३ ) को विकेट लिएका थिए।

भारतीय बलर रबिचन्द्रन आश्विनले २ विकेट हात पारे भने मोहम्मद सामी, जस्प्रित बुम्रा र हार्दिक पाण्डेले १-१ विकेट हात पारे।

भुवनेश्वर कुमारले ४ विकेट लिए

दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डी भिल्लर्सले सर्बाधिक ६५ रनको योगदान दिएका थिए जुन क्रममा उनले ८४ बलमा ११ चौका प्रहार गरेका थिए। यस्तै कप्तान फाफ डु प्लेसिसले ६२ रन ( १०४ बल, १२ चौका ) तथा क्वान्टन डीककले ४३ रन ( ४० बल, ७ चौका ) को योगदान दिए । डी भिल्लर्स र डु प्लेसिसले चौथो विकेटको लागि ११४ रनको साझेदारी गरेका थिए।

दक्षिण अफ्रीका भ्रमण अन्तर्गत भारतले ३ वटा टेस्ट, ६ वटा वानडे तथा ३ वटा टि-२० अन्तर्राष्ट्रिय खेल्ने कार्यक्रम रहेको छ।

फोटोहरु :- 


फोटो श्रोत – भारतीय क्रिकेट बोर्ड ( बिसीसीआई )

 





थप समाचार

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]

क्यान अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने

नेपाल क्रिकेट सङ्घ क्यानको केन्द्रीय साधारण सभा तथा अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने भएको छ । नेपाल […]

एसियन गेम्सको लागि अभ्यास सुरु

१९ औँ एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रशिक्षण थालेको छ । नेपाली राष्ट्रिय टोलीका सदस्यले आज बुधवारदेखि त्रिवि […]